उन्‍नत अलैंची भट्टी सचेतना कार्यक्रम (भिडियो सहित)

नयाँ बुलन्द

इलाम : इलाममा उन्नत अलैंची भट्टी सचेतना कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

सिंहवाहिनी इन्जिनियरिङ वक्स एण्ड इनर्जी प्रालिको आयोजना तथा उन्नति कार्यक्रमको सहयोगमा सञ्चालित ‘पूर्वी सात जिल्लामा उन्नत अलैंची भट्टी प्रवद्र्धन परियोजना’ अन्र्तगत कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा इनर्जी प्रालिका मेकानिकल इन्जिनियर कृष्णराम सायमी र प्रोडक्सन म्यानेजर गोपाल खड्काले अलैंची सुकाउन प्रयोग गरिने विभिन्न भट्टीका बारेमा सहजीकरण गरेका थिए ।

कार्यक्रममा अलैंची सुकाउन प्रयोग भइरहेका परम्परागत भट्टी, ड्रम भट्टी र उड कम्बस्टर भट्टीको बारेमा जानकारी गराईएको थियो । यी तीनै प्रकारको भट्टीको विशेषता, लागत तथा सुधार गर्नुपर्ने पक्ष लगायतका बारेमा जानकारी गराईएको थियो ।

कार्यक्रममा ३५ बढि अलैंची कृषक तथा व्यवसायीहरुको सहभागिता रहेको थियो ।

भिडियो :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार