नयाँ बुलन्द
इलाम : ईलामकाे चुलाचुली गाउँपालिकामा आयोजित चुलाचुली वडास्तरी भेट्रान फुटबल प्रतियोगिताको उपाधि नम्बर १ को भेट्रान क्लबले चुमेको छ ।
उधाैली पर्व तथा बुद्धजयन्तीको अवसरमा आयोजित प्रतियोगितामा फाइनलमा चुलाचुली गाउँपालिका ४ लाई ६-१ ले गाेलले हराउँदै चुलाचुली १ ले उपाधि चुमेको हो ।
बालज्याेति माविकाे खेलमैदानमा अायाेजना गरिएकाे प्रतियोगिताका विजेता टिमलाई नगद १५ हजार तथा उपविजेता टिमलाई नगद १० हजार, ट्रफि र मेडल प्रमुख अतिथि चुलाचुली गाउँपालिका प्रमुख प्रदिपचन्द्र राईले हस्तान्तरण गरे ।
१५ बैशाखदेखि सञ्चालित प्रतियोगितामा ६ टिमको सहभागिता रहेको थियो ।
पुरस्कार वितरण कार्यक्रम अायाेजक भेट्रान क्लव चुलाचुली ४ का अध्यक्ष डम्बर तुम्राेककाे अध्यक्षतामा सम्पन्न भएको क्लवका सल्लाहकार सागर जवेगुले जानकारी दिए ।