युद्धबहादुर बोहोरा
इलाम : इलाम फाकफोकथुम-१, खाम्बाङ्ग, बुद्धनगरको साङ्गे च्योम्दान्दे छ्योइलिङ गुम्बामा २५६२ औं बुद्ध जयन्ती भव्यताका साथ मनाइएको छ ।
गुम्बाका अध्यक्ष दानबहादुर तामाङको अध्यक्षतामा प्रमुख अतिथि लामा लोपेन घरब दोर्जे स्याङ्दान र विशेष अतिथि दुर्गा तामाङको आतिथ्यमा जयन्ती मनाइएको थियो । प्रमुख अतिथि लगायत बौद्ध मार्गी श्रदालु भक्तजनले बुद्धको मुर्तीमा खदा र फुलमाल लगाइ ढोल, झाँकी, डम्फु सहित गुम्बा परिक्रम गरिएको थियो ।
प्रमुख अतिथिले बुद्ध जयन्तीको महत्त्व र उनले मानव जातिलाई दिएको शिक्षाको बारेमा प्रबचन दिए । हरेक महिनाको चार दिन औशी,पुर्णिामा र दशमी तिथिमा पुजा आराधना गरिने र गुम्बा स्थापना देखि बुद्ध जयन्ती मनाइदै आएको अध्यक्ष तामाङले जानकारी गराए ।
राँके भेडेटार सडक देखि करिब तीन किलोमिटर तल रहेको यो गुम्बा एक पर्यटकीय क्षेत्रको संभावना रहेको र यसलाई थप पुर्वाधार भवन, खानेपानी, शौचालय र खेलमैदानको आवश्यक रहेको अध्यक्षले जनाए ।
२०६२ सालमा स्थानीय समाजसेवी दानबहादुर तामाङको सकृय पहलमा स्थापना भएको थियो । गुम्बामा जिल्ला शिक्षा कार्यालय इलामबाट स्वीकृत प्राप्त कक्षा तीन सम्मको गुम्बा शिक्षा बिद्यालय संचालनमा छ। बिद्यालयमा लामा शिक्षाको एक विषय र अन्य अङ्ग्रेजी माध्यमबाट पढाई हुने बिद्यालयमा व्यवस्थापन समिति अध्यक्ष थिर बहादुर खड्काले बताए ।
जम्मा चार जना शिक्षक रहेको यस बिद्यालयमा ३६ जना विद्यार्थी संख्या भएको अध्यक्ष खड्काले जानकारी दिए ।