गाउँपालिकामा नागरिक सुनुवाई

कृष्ण ओझा

पाँचथर : पाँचथरको कुम्मायक गाउँपालिकामा प्रहरीले नागरिक सुवाई कार्यक्रम गरेको छ ।

नेपाल प्रहरीको रणनैतिक कार्ययोजना अनुसार प्रत्येक तिन तिन महिना ग्रामिण ईलाकामा पुगि पाँचथर प्रहरीले जनताका गुनासा तथा जिज्ञासा सुन्ने र सुनुवाइ गर्ने गरेको छ ।

कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङको अध्यक्षतामा त्यहाँ स्थित सरोकारवालाबीच सुनुवाइ भएको हो ।
सहभागीहरुले बाल बिवाह, बाल हिंसा, महिला हिंसा, जन्म दर्ता, साथै प्रहरी कर्मचारीको थप, ट्राफिक प्रहरीको व्यवस्थापनको आवश्यकता माग गरेको बालअधिकारकर्मी सरस्वती सिवाकोले जनाएकी छन् ।

कार्यक्रममा पाँचथर डिएसपी बामदेव गौतमले सहजीकरण गरेका थिए । कार्यक्रममा गाउँपालिकास्तरीय सबै वडाका राजनैतिक पदाधिकारीहरु, शिक्षक, विद्यार्थीहरु, सर्वसाधारण नागरिक, सुरक्षाकर्मीहरुको सहभागिता थियो ।

महिला हिंसा र मानवअधिकार, अपराध, भित्रका विषयवस्तुमा केन्द्रित रहि सहभागीहरुले राखेका जिज्ञासालाइ डिएसपी गौतमले कार्यान्वयनका कदम चाल्ने जवाफ दिएका थिए ।

प्रहरीले यसैगरी तुम्वेवा गाउँपालिकामा महिला हिंसा विषयक सचेतना दिएको छ । पाँचथर प्रहरीले यसअघि पनी विभिन्न स्तरका विद्यालय अनुसिक्षण, दुव्र्यसनी, साइवर क्राइयम, मोवाइल दुरुपयोग, सडक सवारी सञ्चालन, आन्तरीक प्रहरी बिच मानव अधिकार विषयक तालिम दिदै आइरहेको छ ।

सार्वजनिक सुनूवाइमा पाँचथर प्रहरीले गरेका गतिविधिहरुको तथ्याङ्गक प्रस्तुत गरिएको थियो । सुनुवाई पश्चात सामुदायिक सेवा केन्द्र उपशाखा समेत गठन गरिएको डिएसपी गौतमले जनाए ।

हिला बालबालिका शाखाले गाउँपालिकाहरुमा बालबिबाह विरुद्धको अभियान लगायत सञ्चालन गरिहेको छ । हिंसा न्युनिकरण अभियान सञ्चालन गरिए पनी जिल्लामा बाल बिबाह र बालहिंसा भने बढ्दै गइरहेको पाइन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार