दमक गोल्डकपको तयारी अन्तिम चरणमा

झापा : झापाको दमकमा एक साता पछि हुन लागेको मोसफलकै सर्वाधिक राशीको दमक गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ । यहि बैशाख १९ देखि २८ गतेसम्म हुने गोल्डकप फूटबल प्रतियोगिता भव्यताका साथ सम्पन्न आवश्यक सवै तयारी अन्तिम चरणमा पुगेको हो । झापामा हुदैँ आएका गोल्डकप मध्ये सो भने यसवर्षको पाचौ संस्करण हो ।

प्रतियोगिताको मुख्य आयोजक दमक नगरपालिकाद्धारा गठित दमक नगर खेलकुद विकास समिति रहेको छ । दमक नगर खेलकुद समितिका संयोजक केन्द्र प्रसाई अनुसार गोल्डकपको आवश्यक सवै तयारी अन्तिम चरणमा पुगेको छ ।

गोल्डकपको तयारी स्वरुप खेल मैदान सम्याउनेसहित अस्थायी प्याराफिट निर्माण कार्य सम्पन्न हुने क्रममा पुगेको छ भने अन्य आन्तरिक व्यवस्थापन समेत लगभग सम्पन्न हुने क्रममा रहेको संयोजक प्रसाईले जानकारी दिए । स्थानीय दमक बहुमुखी क्याम्पसको खेल मैदानमा हुने सो प्रतियोगिता हेर्नका लागि आयोजकले यसपटक टिकटको व्यवस्था गरेको छ । प्रवेशका लागि रु १ सय देखि ३ सयसम्मका टिकट राखिने छन् ।

खेल हेर्नका लागि मैदानमा करिव ५ हजार बढी दर्शक रहने प्याराफिट निर्माणाधिन छ ।दर्शकलाई सहजै ढंगले खेलको मनोरञ्जन दिन बाँसबाट निर्मीत प्याराफिटको काम समेत सकिन लागेको संयोजक प्रसाईले बताएका छन् । दमकलाई खेलकुदको शहरका रुपमा चिनाउने उद्देश्यले आयोजना गरेको गोल्डकप भव्य रुपमा सम्पन्न गर्न विभिन्न आधा दर्जन बढी उपसमितिहरु गठन गरिएको छ ।

प्रतियोगिताका प्रचार संयोजक चन्द्र खत्रीले गोल्डकप भव्य रुपमा सम्पन्न गर्न प्रचारप्रसारसहितका कार्य धमाधम भईरहेको जानकारी दिए । उनले भने,–‘ प्रतियोगितालाई ऐतिहासिक रुपले सम्पन्न गर्न नगरपालिकासहित सवै खेलकुदजन्य क्लव, सामाजिक संघसंस्थाहरु एकैसाथ लागिपरेका छौं ।’

गोल्डकपका विजेताले नगद रु १३ लाख ५१ हजार र उपविजेताले नगद रु ६ लाखसहित ट्रफि तथा प्रमाणपत्र पाउने छन् । प्रतियोगिता सम्पन्न गर्न करिव रु १ करोड ३६ लाख रुपैया लाग्ने आयोजकको अनुमान छ ।

टिम व्यवस्थापनको जिम्मेवारी लिएका संयोजक प्रेम पाण्डेका अनुसार प्रतियोगितामा झापा ११, रुपन्देही ११ , मनाङ मस्र्याङदी क्लव ,त्रिभुवन आर्मी, नेपाल पुलिस,शसस्त्र प्रहरीको विभागिय टिम,थ्रीस्टार क्लव ललितपुर ,सरस्वती क्लव कोलकत्ता भारत, मदन भण्डारी स्पोर्टस एकाडमीसहित आयोजकको टिम सहभागि हुने छन् ।

प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको जनाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार