नरेन इलामेली
माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिकाले गाउँपालिका भित्रको जनसङ्ख्या तथा घरधुरी तथ्याङ्क संकलन कार्य सुरु गरिरहेको छ। गाउँपालिका भित्रको जनसङ्ख्या र घरधुरीको वस्तुगत विवरण तयार गरी पञ्चबर्षे योजना तयार गर्ने उद्देश्यले सो तथ्याङ्क संकलन कार्य सुरु गरिएको माइजोगमाई गाउँपालिकाका सूचना अधिकारी डम्बर प्रधानले बताए । सोलिड नेपाल र माइजोगमाई गाउँपालिकाकको सहकार्यमा उक्त तथ्याङ्क संकलन कार्यमा जनसंख्या र स्वास्थ्य अवस्थाको यथार्थ विवरण गरी रहेको प्रधानले बताए। तथ्याङ्क संकलन कार्य दुई चरणमा गरिने र पहिलो चरणमा गाउँपालिकाकको २,४ र६ नं वडामा संचालन भइरहेको र दोस्रो चरणमा १,३ र ५ नं वडामा संचालन गरिने समेत सूचना अधिकारि प्रधानले जानकारी दिए।
अहिले सम्म गाउँपालिकाकको वडा नं ४ र ६ मा घरधुरी सर्बेक्षण कार्य सम्पन्न भएको छ । उक्त सर्बेकक्षणको विवरण अनुसार वडा नं ४ ( साविक नामसालिङ गाविस वडा नं ५,६,७,८ र ९) मा ६४२ घरधुरी रहेको र वडा नं ६ प्याङमा ५७० घरधुरी रहेको तथ्याङ्कमा देखिएको छ ।
तथ्याङ्क संकलनका लागि १२ जना गणक खटाइएको छ भने १५ जेठ सम्ममा प्रारम्भिक तथ्याङ्क संकलन गरी सक्ने गाउँपालिकाकको अनुमान रहेको छ। यो तथ्याङ्क संकलन कार्य एकदमै महत्वपूर्ण रहेको र यसले भोलि तयार गरिने हरेक योजनामा समेत प्रभाव पार्ने हुँदा गणकहरुलाई यथार्थ विवरण दिएर सहयोग गरिदिन गाउँपालिकाकले सम्पुर्ण गाउँपालिकााबासीमा अनुरोध समेत गरेको छ।