झापा : नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक दमक नगर समितिले मजदुर संघको केन्द्र र प्रदेशमा झापाबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरेको छ ।
संघको नगर समितिको कार्यालयमा सोमबार एक कार्यक्रमको आयोजना गरी संघका केन्द्रीय सचिव प्रल्हाद श्रेष्ठसहित पाँच जना अग्रजलाई सम्मान गरेको हो । यसरी सम्मानित हुनेहरुमा संघका केन्द्रीय सचिव श्रेष्ठ , केन्द्रीय सदस्यहरु गोपाल थापा, यादव कुमार ओली साथै प्रदेश सचिवमा गान्धि भण्डारी र सदस्य डार्विन संग्रौला रहेका छन् । कार्यक्रम नेपाली कांग्रेस दमक नगर समितिका सभापति रोशन विष्टको प्रमुख आतिथ्यतामा भएको थियो ।
नगर समिति अध्यक्ष गौतमकुमार लामाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि विष्ट, मजदुर संघका केन्द्रिय सचिव श्रेष्ठ, झापा जिल्ला अध्यक्ष विश्वासबाबु कास्यप र केन्द्रीय सदस्य गोपाल थापाले बोलेका संघका सचिव गणेश गौतमले जानकारी दिए ।