सुम्हालुङमा त्रैभाषिक स्तम्भ राखिने

पाँचथर : पाँचथरको सदरमुकाम फिदिम ४, गडिमा रहेको सुम्हालुङमा त्रैभाषिक स्तम्भ राखिने भएको छ । सुम्हालुङको एतिहासीक पृष्ठभुमी समेटिने गरीको नेपाली, लिम्बु र अग्रेजि भाषामा लेखिएको स्तम्भ राखिने भएको छ ।

नेपाल आदीबासी जनजाती उत्थान राष्टिय प्रतिष्ठान काठमाण्डौको आर्थिक सहयोगमा याक्थुम प्रज्ञा प्रतिष्ठानले स्तम्भ निमार्ण गर्न लागेको हो । छैटौ सताब्दीमा सुम्हात्लुङमा १० लिम्बु १७ थुमका मध्ये सुम्हालुङ एक राजगण हो ।

यस स्थानमा पापोहाङ राजाले लामो समयसम्म राजकाज गरेको इतिहास छ । पछि १० लिम्बु १७ थुमका १० सरदारले ८ राजालाई हराएर चक्रीय प्रणालीमा राजकाज गर्न पटक पटक भेला भइ चुम्लुङ अर्थात सभा हुने गरेको ठाँउ बनेको थियो । याक्थुम प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको स्तम्भ लेखन छलफलमा आज लेखक तथा बुद्धिजिबिहरुको भेला भएको थियो ।स्तम्भमा लेखिने छलफल बिषय बुद्धिजिबि हरी चन्द्र लावतीले प्रस्तत गरेको आयोजकले जनाएके छ ।

कार्यक्रममा राजेन्द्र कुमार जबेगु, लछामी सेर्मा, दिलेन्द्र कुरुबाङ, जगतजंग लावती, बिजयबोध लावती, बुद्धराज इङव, तिलबिक्रम नेम्बाङ, अम्बीका आङ्देम्बे, काङ्सोर तुम्बापो, हरीलाल तुम्रोक, गणेस तुम्रोक, जितबहादुर लावती, भकेन्द्र लावती लगायतको उपस्थीति रहेको याक्थुम प्रज्ञा प्रतिष्ठानका महासचिब तिलबिक्रम नेमबाङको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार