खुलेआम शुल्क अशुल्दै पाँचथरका सामुदायीक विद्यालय

पाँचथर : फाल्गुनन्द गाउँपालिका–६ आङसराङको सामुदायीक विद्यालय जयनारायण आदर्श माध्यमिक विद्यालयले विद्यार्थीहरुसँग प्रवेश शुल्क असुली गर्दै आएको छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुबाट विगत वर्षहरुवाटै प्रवेश शुल्कको नाममा रकम असुली गरिरहेको स्थानीयको गुनासो छ । विद्यालयले कक्षा १ वाट कक्षा १० सम्मकै विद्यार्थीहरुवाट भर्ना शुल्क लिँदै आएको अभिभावकहरुको भनाई छ ।

आफ्नी भाञ्जीलाई उक्त विद्यालयमा भर्ना गर्न गएका स्थानीयवासी एवं पाँचथरको याङवरक गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्वरवहादुर आङदेम्वेले शुल्क असुली गर्दै आएको पाइएको वताए । सामुदायीक विद्यालयहरुले जुनसुकै नाममा शुल्क असुल गर्नु नहुने भएपनि उक्त विद्यालयले भर्ना शुल्क लिएको आङ्देम्बेले वताए ।

विद्यालयमा एक दलित परिवारले ६ हजार वढी रकम तिर्नु परेको र सो वारेमा विद्यालयमा अनुरोध गर्दा समेत विद्यालयले नमानेको अभिभावकहरुको गुनासो छ । अर्का अभिभावक हिमाल कुरुम्बाङले पनि विद्यालयले रकम असुली गर्दै आएको पाइएको वताए ।

विद्यालयमा गुणस्तरीय पठन–पाठन गराउन केही आर्थिक व्यवस्थापन गर्नुपर्ने र सो को लागि अभिभावकहरुको वैठकको निर्णयका आधारमा अभिभावकहरुवाट वार्षिक रुपमा केही रकम संकलन गरेको स्विकार्दै विद्यालयका प्रधानाध्यापक विनोद अधिकारीले बताए ।

प्रधानाध्यापक अधिकारीले चैत्र १३ गतेको अभिभावकको आम भेलाले कक्षा १ देखि ५ का विद्यार्थीहरुवाट ५ सय, ६–८ का विद्यार्थीहरुवाट ७ सय र कक्षा ९ र १० का विद्यार्थीहरुवाट ९ सय रुपैँया संकलन गरेको स्विकारे ।

विद्यालयवाट शुल्क लिएको विषयमा आफूलाई समेत गुनासो आएको भन्दै जिल्ला शिक्षा अधिकारी वीरवहादुर खड्काले त्यसो गर्नु नियम विपरीत हुने वताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार