ग्रामीण क्षेत्रमा बनेका सडक संरक्षण गर्न जरुरी

युद्धबहादुर बोहोरा

इलाम : स्थानीय तहलाई केन्द्र सरकारबाट मोटो बजेट उपलब्ध भए पछि सबै ग्रामीण बस्तीहरुमा विकासको पुर्वाधार सडक संजालले प्राथमिकता पाएको छ। हरेक नगर र गाउँपालिकाले गाउँ गाउँमा यातायात सेवा पुर्‍याए मात्रै विकासले फड्को मार्ने विश्वास लिएको छ। बजेटको कन्जुस्याइँ नगरी ग्रामीण क्षेत्रमा ५ देखि १० मि. सम्मका फराकिला बाटो बनेको यो पहिलो पटक हो। धेरै अघि देखि खन्न शुरु गरिएको र बजेट अभावमा अलपत्र रोकिएका बाटाले यस बर्ष निकास पाएकोमा स्थानीयहरु खुशी छन्। हुन त कतिपय जङ्गल भएको क्षेत्रहरूमा काठ व्यापारीले यस अघि पनि गोलिया ढुवानी गर्न निजि लगानीमा बाटाहरु निर्माण गरिसकेकोले वर्तमान सडकमा थप सहयोग पुगेको थियो।

इलाम देउमाइ नगरपालिका त्रिबेणी देखि मंगलबारे साथै फाकफोकथुम देउराली हुँदै गजुरमुखि लगायत अन्य क्षेत्रमा करिब १० मि.फराकिलो सडक बन्ने क्रम बढेको छ। जुन मेची राजमार्ग भन्दा दुईगुना फराकिलो छ। तर ग्रावेल र कालोपत्रे भए पछि मात्रै नमूना सडक हुने फाकफोकथुम गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठ बताउँछन्। सामाजिक सेवामा अग्रसर व्यक्तिहरुले बजेटको दुरुपयोग नगरी जनतालाइ राम्रो काम गरि आफू लोकप्रिय बन्ने मौका पाएका छन्। आफ्नो राजनीति धरातल बलियो बनाउने उद्देश्यले उपभोक्त समिति गठनमा राजनीतिक दलका कार्यकर्ताको होटबाजी र चर्काचर्की समेत झेल्दै विकासले गति लिएको छ।

उपभोक्ता समितिले स्टामेट अनुसारको काम गरि बजेट फर्सौट गरेपछि आफ्नो जिम्मेवारी पन्सिन नपाई नियमित बर्षाले सडकका नाली नबन्दै कहिँ कतै सडक क्षति हुन गयो। पहाडका भिराला बाटमा बर्षा हुनासाथ भलबाढीले फुक्को माटाे खातखुत बगाएर सडक अस्तिपन्जार मात्रै बाँकी रहेने स्थानीयको गुनासो छ।जसको फलस्वरूप यातायातका साधन गुड्न धौधौ हुनेमा दुइमत छैन।

बाटो निरिन्तर संचालन भए कृषि उत्पादनका बस्तु जस्तै:-कुचो,अदुवा,लसुन,अलैंची,दुध,घ्यु,छुर्पी,सागसब्वी आदिको राम्रो भाउमा बिक्रि हुने कृषकमा आसा जागेको छ। नयाँ बाटमा ट्याक्सी, मोटर साइकल,पिकअप दिनहुँ गुड्नाले शहर बजारको बाताबरण भित्रीएको र हरेक सामान गाउँ घरमा पाउन थालिएको स्थानीयबासी नेत्रबहादुर बोहोरा बताउँछन्। उपचारको लागि अस्पताल र घुमफिर गर्न जाँदा आफ्नो घरै बाट गाडी चढ्न पाउँदा बुढापाका हर्षित छन्। सुविधा दीर्घकालीन लिन बनेका बाटोहरु संरक्षण गर्न आवश्यक रहेको स्थानीय बताउँछन्।

वर्षेनी यात्रुले सास्ती भोग्दै आएको राँके-भेडेटार सडक कालोपत्रको आसा कुरिरहेका जनतालाई अहिले गाउँका नयाँ र सहज बाटाले मलमपट्टी लगाएको छ। अन्ततःमुल राजमार्गमा पुग्ने विकल्प नभएपछि गाउँमा बनेका बाटाहरु ‘कुवाको भ्यागुतो कुवामै’ नहोला भन्न् सकिन्न। ठुलो बजेटमा खनिएको बाटोहरुलाइ स्थानीय बासिन्दा, उपभोक्ता समिति र सरोकारवाला सबैले संरक्षण र जगेर्नामा ध्यान नपुर्‍याए उहि पुरानै समस्य झेल्नुपर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार