माईभ्याली गोल्डकप : पुलिस क्‍वाटफाइनलमा प्रवेश

इलाम : नेपाल पुलिस क्लव इलाममा जारी चौथो अन्तरराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकप फूटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार आज इलामको ठूलो टुँडीखेलमा भएको प्रतिष्पर्धात्मक खेलमा नेपाल पुलिस क्लवले भारतको कोलकाताको दुर्गापुर स्टील क्लवलाई तीन एक गोल अन्तरले पराजित गरी अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।

मध्यान्तर अगाडिको ३६ औं मिनेटमानै नेपाल पुलिस क्लवका रेजिन सुव्वाले पहिलो गोल गरि खेल रोमाञ्चक बनाएका थिए । दुर्गापुर स्टील क्लव कोलकाता भारतका खेलाडि सगुनले मध्यान्तर अगाडिकै अतिरिक्त समयमा गोल गरी खेललाई बराबरीमा पुर्याए ।

मध्यान्तर पछि पुलिस क्वलको दवाव निरन्तर रहेको थियो । मध्यान्तर पछिको अतिरीक्त समयमा नेपाल पुलिस क्लवका सुमन लामाले पेनाल्टीको अवसरलाई सदुपयोग गरि गोल गरे । यस्तै खेलको अन्तिम समयमा पुलिस क्लवकै रवि पासवानले प्रहरीको तर्फबाट तेस्रो गोल गरे ।

विजयी टीम नेपाल पुलिस क्लवले बैशाख १३ गते थ्रीस्टार क्लवसँग प्रतिष्पर्धा गर्ने भएको छ । नेपाल पुलिस क्लवका रेजिन सुव्वा आजको खेलको म्यान अफ दी म्याच घोषित भए । उनले नगद १० हजार रुपैयाँ र चाँदीको मेडल प्राप्त गरे ।

प्रतियोगिता अन्तरगत सोमबार दिउसो तीन बजेबाट पहिलो क्वाटरफाइनल खेल आयोजक टीम माइभ्याली फूटबल कलव र मनाड. मस्र्याङ्दी क्लवबीच हुने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार