साहारा नेपालको आयोजनामा निःशुल्क आँखा शिविर समपन्न

नरेन इलामेली

माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिका १ नयाँबजारमा तीन दिने आँखा शिविर समपन्न भएको छ। शिविर साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था नयाँबजार सेवा केन्द्रको आयोजना र मेची आँखा अस्पतालको प्राविधिक सहयोग मा समपन्न भएको हो।

गत ४ बैशाखबाट शुरु भएको सो शिविर बिहिवार समपन्न भएको हो। शिविरमा जिल्लाका माइजोगमाई ,सन्दकपुर गाउँपालिकाका ,सूर्योदय र इलाम नगरपालिकाका ६८० जना बिरामीले सेवा लिएको आयोजकले जानकारी दिएको छ ।

शिविरमा ३३ जनाको निःशुल्क मोतिया विन्दुको शल्यक्रिया समेत गरिएको थियो । साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड संचालन समितिका सदस्य शंकर रिजालको अध्यक्षता तथा माइजोगमाई गाउँपालिकाका अध्यक्ष जित बहादुर राईको प्रमुख आतिथ्यता मा समपन्न शिविर मा समाजसेवी एवम् निर्वाचित जनप्रतिनिधीहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार