माईभ्याली गोल्डकप : कावरान बंगलादेश र एपीएफो खेल सुरु

नयाँ बुलन्द

इलाम : इलाममा जारी चौथो अर्न्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फूटबल प्रतियोगिता दोस्रो दिन कावरान बंगलादेश र सशस्त्र प्रहरीको एपीएफबीच खेल सुरु भएको छ ।अहिलेसम्म गोलरहित बराबरीमा खेल भईरहेको छ ।

एपीएफ यसअघि माईभ्याली गोल्डकपको दोस्रो संस्करणमा झापा ११ सँग फाइनलमा र तेस्रो संस्करणमा झापा ११ सँगै सेमीफाइनलमा पराजित भएको थियो ।

माइभ्याली फूटबल क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको फाइनल १७ वैशाखमा हुनेछ । प्रतियोगितामा आयोजकसहित भारतको दुर्गापुर स्टिलक्लब, सिक्किम युनाईटेड, बंगलादेशको कामारुजमान प्रगति संघ, त्रिभुवन आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरीको (एपीएफ) क्लब, संकटा, थ्रीस्टार, मनाङ–मरस्याङ्दी, कास्की ११ र झापा ११ को सहभागिता छ ।

विजेताले नगद ६ लाख ६६ हजार ६ सय ६७ र उपबिजेताले चार लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीले यमाहाको १५० सीसीको मोटरसाइकल प्राप्त गर्नेछ । त्यसैगरी सर्वाधिक गोलकर्ताले नगद २५ हजार रुपैयाँ र म्यान अफ दि म्याचले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

२०७१ सालदेखि सुरु गरिएको माईभ्याली गोल्डकप माइभ्याली गोल्डकप पूर्वी पहाडमै सबैभन्दा बढी धनराशि पुरस्कारको प्रतियोगिता हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार