आशिष स्मृति पत्रकारिता पुरस्कारद्वारा ढकाल पुरस्कृत

नयाँ बुलन्द

इलाम : यस वर्षको ‘आशिष स्मृति पत्रकारिता पुरस्कार’ बाट नमिन ढकाल पुरस्कृत भएका छन् । थाहा सञ्चार नेटवर्कका जिल्ला संवाददाता ढकाल नगद १० हजार रुपैयाँ सहित पुरस्कृत भएका हुन् । साविक मेची अञ्चललाई कार्यक्षेत्र बनाएर पत्रकारीता गर्ने क्रियाशील पत्रकारलाई प्रत्येक वर्ष १ वैसाखमा प्रदान गरिदंै आएको पुरस्कार यसवर्ष ढकाललाई प्रदान गरिएको हो ।

स्वर्गीय राईको १५ औं स्मृति दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रमुख १ नम्बर प्रदेशका सांसद रामबहादुर मगर र धिरेन्द्र शर्माले ढकाललाई दोसल्ला, सम्मानपत्र र नगद १० हजार रुपैया“ प्रदान गरेका थिए ।

रेडियो नेपालका तत्कालीन इलाम समाचारदाता आशिÈ राईको १ वैशाख २०५९ मा इलामको माइखोलामा पौडी खेल्ने क्रममा डुबेर निधन भएको थियो । सन्दकपुर गाउँपालिकाको सुलुबुङमा जन्मेका राईको मृत्युपछि इलामका सक्रिय पत्रकारहरुले ‘आषिश स्मृति पत्रकारिता पुरस्कार’ कोष स्थापना गरी एक क्रियाशील पत्रकारलाई पुरस्कृत गरिदै आएको छ । युवा पत्रकार स्वर्गीय आशिष राईको स्मृतिमा २०६० सालमा पुरस्कार कोष स्थापना गरिएको थियो ।

सो पुरस्कारबाट यसअघि इलामका पत्रकार बेनुप भट्टराई, राजु शिवा, तोयानाथ भट्टराई, राजकुमार दाहाल, युवराज गौतम, गोविन्द लामिछाने, कोकिला ढकाल, भीम चापागाईं र गणेश घिमिरे, पाँचथरका गणेश साङ्पाङ, झापाका मोहन काजी, रमेश समदर्शी राई, ताप्लेजुङ्गका आनन्द गौतम र सीता निरौला पुरस्कृत भईसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार