नेपाल राष्ट्रिय शिक्षक संगठनको ३९ औं स्थापन दिवस मनाइयो

 युद्धबहादुर बोहोरा

पाँचथर : फाल्गुनन्द गाउँपालिकामा नेपाल राष्ट्रिय शिक्षक संगठनको ३९ औं स्थापन दिवस मनाइएको छ। जिल्ला कमिटीका कोषाध्यक्ष बिष्णु नेउपानेको प्रमुख आतिथ्य र फाल्गुनन्द गाउँपालिका संगठनका अध्यक्ष डम्बरहाङ्ग आङ्देम्बेको अध्यक्षतामा सम्पन्न भएको थियो।

उक्त दिवसका अवसरमा प्रमुख अतिथिबाट संगठनको कार्यालय समेत उद्घाटन भएको थियो। स्थापना देखि हालसम्म शिक्षकहरुका हकहितका पक्षमा संगठन खेलेको भूमिका र आगामी दिनमा अझै उल्लेख्य कार्यहरु गर्दै जाने प्रमुख अतिथिले बताए। देशको नयाँ संरचना पछि शिक्षामा देखिएका समस्यहरु जस्तै: करार,अस्थायी र राहत शिक्षकको व्यवस्थापन बारे सरकार संग संगठनले लविङ्ग गरिरहेको केन्द्रिय प्रतिनिधि बीरनरसिं चेम्जोङले बताए।

दिवस कार्यक्रममा ने.रा.शि.स.ले संगठनमा आवद्ध निवृन्त शिक्षक डिगम्बीर नेम्बाङ्ग, करुणा राई नेम्बाङ र कविन्द्र प्रसाद लावतिलाइ सम्मानका साथमा प्रमाणपत्र प्रदान गरेको थियो। कार्यक्रममा संगठनका केन्द्रिय प्रतिनिधि बीरनरसिं चेम्जोङ,निवर्तमान क्षेत्रीय सदस्य श्रीप्रसाद पोर्तेल,फाल्गुनन्दका श्रोतव्यक्ति ध्रुवकुमार चेम्जोङ,मुक्ति आचार्य लगायतको उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार