साक्थिम्गेनको पाँचौ सम्मेलन सम्पन्न

नयाँ बुलन्द

इलाम : किरात साम्यो साक्थिम्गेन मूजोत्लुङ पान्जुम्भोको पाँचौं सम्मेलन सम्पन्न भएको छ । माङसेवासाबा भवनमा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवाका उपाध्यक्ष हर्कवीर योङहाङको प्रमुख आतिथ्यमा भएको हो ।

सम्मेलनमा माङसेवासाम्लो स्वरसम्राट अर्थवीर लाओती (सिम्बले कान्छा) लाई सम्मानित गरिएको छ। ५ दर्जन भन्दा बढी कलाकारहरुलाई धन्यवाद पत्रले सम्मान गरिएको थियो ।

सम्मेलनमा पान्थर र ईलाम जिल्लाका तेङगप, पाङभे पान्जुम्भोका पदाधिकारी कलाकारहरु सहभागी भएका थिए । विशेष अतिथि  किरात धर्म तथा साहित्य उत्थान संघ केन्द्रीय सहसचिव आङबुहाङ अवोध अविरल, लिङ्देन आत्मानन्द सेइङ बहमुखी क्यामपसका प्रमुख होमबहादुर लिङ्देन, किरात साम्यो नालिफूङवा मूजोत्लुङ पान्जुम्भोका उपाध्यक्ष प्रीतिमान खालिङलगायतले शुभकामना मन्तब्य राखेका थिए । साक्थिम्गेनका केन्द्रीय अध्यक्ष डि.बि लिङदमको अध्यक्षतामा सचिव सुमन लाओतीले सञ्चालन गरेको पहिलो चरणको कार्यक्रममा सदस्य आशेष काम्बाङले स्वागत मन्तव्य दिएका थिए ।

सम्मेलनको दोस्रो चरण बन्द सत्रमा आर्थिक प्रगति प्रतिवेदन कोषाध्यक्ष रामबहादुर थुलुङले, सांगठानिक प्रगति प्रतिवेदन सचिव सुमन लाओतीले, संगठन प्रशिक्षण विभागीय प्रगति प्रतिवेदन उपाध्यक्ष ज्ञानु केदेमले र किरात धार्मिक तथ्याङक संकलन अभियान २०७२ प्रतिवेदन ज्ञानु केदेमले पेश गरेका थिए। सो प्रतिबेदनहरु सर्वसम्मतले अनुमोदन गरेको थियो ।

माङगेन्नाका महासचिव काकीराम लाओतीको संयोजकत्वमा सदस्य सहसचिव समिता थेबे र नालीफुङवा केन्द्रीय उपाध्यक्ष प्रीतिमान खालिङको छनौट समिति गठन गरिएको थियो। जसबाट रामबहादुर थुलुङ राईको अध्यक्षतामा १५ सदस्यीय साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भो गठन भएको छ। नवगठित समितिमा उपाध्यक्ष ज्ञानु केदेम, सचिव आईन्द्र थेगिम, कोषाध्यक्ष मनप्रसाद चेम्जोङ तथा सदस्यहरुमा क्रमश: सुवास गुरुङ, सुमिला योङहाङ, प्रमिला कुरुम्बाङ, बबिता लाओती, लोक्फाहाङमा फियाक, सेन्छे आङबुहाङ, अर्जुन योङहाङ, लेखनाथ चेम्जोङ, चन्दा कुरुम्बाङ, दिलहाङ सम्बाहाङफे र तारा केरुङ चयन भएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार