जिर्मलेको समृद्धिका लागि कफी खेती अभियान

रोङ (जिर्मले) : नागरिकको आर्थिक समृद्धि नभए लोकतन्त्रको अनुभुति हुन नसक्ने ठहर गदै रोङ गाउँपालिका वडा नं. ६को निर्णयनुसार जिर्मलेमा सम्भावना बोकेको कफी खेती गराउने अभियान शुरु गरिएको छ । रोङ गाउँपालिका–६ जिर्मलेमा विज्ञहरुको सुझावमा कफी खेतीको प्रशस्त सम्भावना रहेको र परम्परागत रुपमा गरिएको कफी राम्रो रहेको तथ्यलाई आधार मानेर वडा कार्यालयको चालु वर्षको बजेटबाट जमिन भाडामा लिएर कफीको नर्सरी राख्न थालिएको छ । वडाले चालु वर्षमा पन्चानब्बे हजार रुपैंयाँ बजेट विनियोजन गरेर बत्तीस हजार थान बिरुवा उत्पादन गर्ने र किसानलाई अनुदानमा बिरुवा दिएर एक घरमा एकसय वटा बिरुवा रोप्न प्रेरणा दिएर आवश्यक प्राविधिक परामर्श र बजारको समेत ब्यवस्था गरिने वडा नं. ६ का वडाअध्यक्ष सुवास तामाङले बताए । हालसम्म कफीका तीनवटा जातहरु मभ्ये अरबिका, रोवास्ट्रा र लाइबेरिका रहेको र नेपालमा भने अरबिका जातका कफीहरु फस्टाएकोले अहिले यहाँ गुल्मीबाट बिउ ल्याएर भाडाँमा लिएको जमिनमा पोलिब्यागमा नर्सरी गर्न थालिएको छ । नर्सरी राखिएको बिरुवा न्युनतम एक वर्ष पछि रोप्न तयार हुने कृषि प्राविधिक मोहन अधिकारीले बताए ।

रोङ गाउँपालिका–६ जिर्मलेको रम्भ्याङमा चिया खेती रहेको र अन्य सलकपुर र कुवापानी खण्डमा रहेको सुन्तला र अलैची खेतीमा समस्या देखिएकोले किसानहरुको आय आर्जनको लागि कफी विकल्प हुनसक्ने र सबै किसानको मोह यसमा रहेको र बढी उत्पादन भएमा प्रशोधन उद्योग नै संचालन गर्न सकिएमा रोजगारी र आय आजनमा बृद्धि गरेर आर्थिक समृद्धि गर्न सकिने वडा कार्यालयको विश्वास रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार