इलाम : सिद्धार्थ बैंकले देउमाइ नगरपालिकाको जीपुरमा शाखा रहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । बैंकले बुधबार जीतपुरको नवमि बजारमा आफ्नो शाखारहित बैकिङ्ग सेवा शुरु गरेको हो । उक्त स्थानमा खोलिएको सेवाको लागि स्थानीय गोपाल प्रसाद पौडेललाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको बैङ्कले जनाएको छ ।
बुधबार आयोजित एक समारोहकाबीच जीतपुर मा.वि.का प्रधानाध्यापक खडानन्द अधिकारी र इलाम शाखा प्रमुखले शाखारहित बैंकको उद्घाटन गरे । सो क्षेत्रकालाई बासिन्दा बैंकिङ्ग सेवा उपयोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि बैंकले सो स्थानमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको बैङ्कका शाखा प्रबन्धक गोविन्द घिमिरेले बताए । उनले भने, “वित्तीय समावेशिताको माध्यमबाट आर्थिक शशक्तिकरण गर्ने उद्देश्य अनुरुप ग्रामीण भेगका जनतासम्म आधुनिक बैकिङ सेवा सुविधाको पहुँच विस्तार गर्न शाखारहित बैकिङ सेवा विस्तार गरेका हौं ।” उद्घाटन कार्यक्रममा उपस्थितहरुलाई वित्तीय साक्षरता तालिम समेत प्रदान गरिएको थियो । तालिकमा उपस्थित १२० भन्दा वढी स्थानीयलाई साक्षरता सम्वन्धि भिडियो मार्फत पनि जानकारी गराईएको थियो । सिद्धार्थ बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले इलाम शाखा अन्तरगत ५ वटा शाखारहित बैंकिङ यसै हप्ता भित्र शुरु गर्दैछ ।