काङ्ग्रेसका निर्वाचित वडाध्यक्ष एमालेमा प्रवेश

  नयाँ बुलन्द
0 Shares

माङसेबुङ  : इलामको माङ्सेबुङ्ग गाउँपालिका वार्ड नं. ६ बाट स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष प्रदीप साङ्पाङ्ग आज एक समारोहबीच ने.क.पा. (एमाले) मा प्रवेश गरेका छन । कार्यक्रममा वडाअध्यक्ष साङ्पाङ्ग सहित ३४ जनाले काङ्ग्रेस परित्याग गरि एमालेमा प्रवेश गरेका हुन ।

पार्टी प्रवेश कार्यक्रममा पार्टी जिल्ला अध्यक्ष एवम् प्रदेश सभा सांसद  राम राना, प्रदेश कमिटी सदस्य जयप्रकाश राई, जिल्ला कमिटी कार्यालय सचिव नवराज शंकर, सचिवालय सदस्य किरण राई, सदस्य हेमन्त राई, जिल्ला सल्लाहकार कमिटी उपाध्यक्ष  पूर्ण बस्नेत, अनेरास्ववियु जिल्ला उपाध्यक्ष  प्रवेश पराजुली लगायतको उपस्तिथि रहेको थियो ।

गाउँ संगठन कमिटी सह-संयोजक रिप्पल राईको अध्यक्षतामा रहेको कार्यक्रमको संचालन मित्र खड्काले गरेका थिए भने स्वागत मन्तव्य  मैतराज राईले राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार