युद्धबहादुर बोहोरा
पाँचथर : फाल्गुनन्द-५,घुर्बिसे पन्चमीमा पशु तथा बाली विमा सम्बन्धि एक दिने अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ।
घुर्बिसे पन्चमी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा सहमति र मर्सिकोर नेपालको साझेदारीमा संचालित वित्तीय सेवा तथा जिविकोपार्जनमा दिगो पहुँच (सफल -२) परियोजना अन्तर्गत संचालित विमा सम्बन्धि अन्तक्रिया कार्यक्रम भएको थियो।
सहकारी सस्थाका अध्यक्ष वीर नरसिंह चेम्जोङको अध्यक्षतामा नेको इन्स्योरेन्स कम्पनीका कृषि विशेषज्ञ सर्वज्ञ खतिवडाले गोष्ठीको सहजीकरण गरेका थिए।
हरेक व्यावसायमा विमा किन अपरिहार्य छ? विमा गर्न आवश्यक प्रमाण के के हुन्? र विमाको क्षतिपूर्ति प्राप्त गर्न चाहिने प्रमाणहरुको बारेमा समेत सहभागीहरुलाई सहजकर्ता खतिवडाले जानकारी गराउदै कृषकका विभिन्न जिज्ञासाहरुको उत्तर दिएका थिए।
उनले विमा गर्दैमा कृषक ढुक्क नभई पशुपालन बाट कृषकले आम्दानी लिनुपर्ने बताए।
यस सहकारी संस्थाका ७ सय ८६ शेयर सदस्य मध्ये ४ सय जनालाई पशुपालन व्यावसायमा ऋण लगानी, उन्नतजातका बाख्रापालनको लागि ७ वटा बोका वितरण गरेको छ।
हाल सम्म संस्था द्वारा सिलाइबुनाई,मोटरसाइकल मर्मत,सहकारी सचेतता लगायतका तालिम कार्यक्रम संचालन गरिसकेको छ।कार्यक्रममा दुई सयभन्दा बढी कृषक र सरोकारवालाको उपस्थिती रहेको थियो।