सुर्खेतमा बुद्ध एअरको सफल परीक्षण उडान

सुर्खेत : लामो समयपछि सुर्खेत हवाईमार्गबाट काठमाडौंसँग जोडिएको छ ।

सुर्खेत विमानस्थलमा अब बुद्ध एअरले नियमित उडान भर्ने भएको छ । सुर्खेत विमानस्थलमा बुधबार बुद्ध एअरले सफल परीक्षण उडान गरेको हो ।

आगामी वैशाख १ गतेदेखि बुद्ध एअरले यहाँ नियमित उडान गर्ने जनाइएको छ ।

नियमित हुने हवाई उडानले कर्णाली प्रदेशको अर्थतन्त्रमा टेवा पुग्ने विश्वास लिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार