लोकसेवा खरिदार तयारी कक्षाको समापन

नयाँ बुलन्द

इलाम : इलाममा आयोजित १५ दिने निशुल्क लोकसेवा खरिदार पद तयारि कक्षाको समापन गरिएको छ ।

इलाम नगरपालिकाको सहयोगमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद इलामले तयारी कक्षा सञ्चालन गरेको थियो ।

कार्यक्रममा ३० जना आदिसवासी जनजातिहरुको सहभागिता रहेको थियो । सहभागिहरुलाई निमित्त प्मुख जिल्ला अधिकारी सफल पोर्तेल, कारागार प्रमुख भक्त खडका, अनुसन्धान कार्यालयका अधिकृत किरण थुलुङ र नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय उपाध्यक्ष किरण सुनुवासरले सहजीकरण गरेका थिए ।

नेपाल आदिवासी महासंघ इलामका अध्यक्ष चक्र येक्तेन अभिषेकको अध्यक्षता र इलाम नगपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रमका वक्ताहरुले छोटो अवधिमा सिकेका ज्ञानलाई प्रयोग गर्दै मेहनतका साथ अघि बढ्न सुझाव दिएका थिए ।

कायक्रममा प्रमुख अतिथी खाम्याहाङ, सहजकर्ता सुनुवार, खड्का, थुलुङ, नेपाल आदिवासी जनजाति शिक्षक महासंघकी सचिव कुसुम राई, नेपाल आदिवासी जनजाति पत्रका महासंघका अध्यक्ष राम योङहाङ, किरात राई यायोख्खाका सचिव होम राई तथा सहभागीका तर्फबाट महेन्द्र तामाङ र पवित्रा राईले मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार