नयाँ बुलन्द
पथरी : इक्साहाङ इक्मिसो पेखेइङ थोबोजुमले मोरङ पथरीशनिश्चरेमा चार जनालाई सम्मान गरेको छ ।
मेचिनगर झापाकि साहित्यकार भुवन सुब्बा, अन्तर्राष्ट्रिय पदक बिजेता सितोरियो कराते खेलाडी रोजिला लिम्बु, पथरीशनिश्चरेका अभिनेता चन्द्रध्वज बेघा र याक्थुङ निछाम्सा चुम्भोका अध्यक्ष फिपराज बेघालाइ सम्मान गरेको हो ।
सम्मानितहरुलाइ थोबोजुमका केन्द्रिय सदस्य हर्कजङ्ग बेघाले सम्मान पत्र बितरण गरेका थिए । सम्मान कार्यक्रम अघि धार्मिक अनुष्ठान साक्मुरा वादेम्मा कार्यक्रम भएको थियो ।