सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध छ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपीशर्मा ओलीले वर्तमान सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध रहेको बताएका छन् ।

रिपोर्टस क्लब नेपालको २० औं बार्षिक उत्सव कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सञ्चार माध्यमहरुलाई सरकारले अनुचित थिचोमिचो गर्छ भन्ने भ्रमको पछि नलाग्न आग्रह गरेका छन् । “वाम सरकारले अधिनायकवाद ल्याउँछ । प्रेस स्वतन्त्रता हनन् गर्छ भन्ने सुुन्नु भएको होला” प्रधानमन्त्री ओलीले भने, “यस्ता हल्लाका पछि नलाग्नुहोस् । सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उच्च सम्मान गर्छ ।”

प्रधानमन्त्री ओलीले कसैलाई पनि सौखलाई सिद्धान्त नबनाउन आग्रह गरेका छन् । “सुतली बम सिद्धान्त होइन । कसैको अभिलासा पुरा गर्न जनताले दुःख पाउनु हँुदैन” प्रधानमन्त्री ओलीले भने, “चन्दा उठाउने कुरालाई सिद्धान्त मान्न सकिदैन ।”

प्रधानमन्त्री ओलीले जनतामा राजनीतिक मात्र हैन सामाजिक, आर्थिक, जागरण पनि चाहिएको बताए । सरकार भ्रष्टचार नियन्त्रण गर्ने, जनतामा विकास निर्माणका योजना सञ्चालन गर्ने, आधुनिकताको अवलम्बन गर्ने योजनामा रहेको प्रधानमन्त्री ओलीले बताए ।

कार्यक्रममा रिपोर्टस क्लबले प्रधानमन्त्री ओलीलाई नागरिक अभिनन्दन गरेको छ । रिपोर्टस क्लबले स्थापना गरेको मदन भण्डारी समृती पत्रकारिता पुरस्कार दृष्टि साप्ताहिकका समपादक शम्भू श्रेष्ठ र गिरीजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार कान्तिपुर साप्ताहिकका प्रधान सम्पादक सुवास ढकाललाई प्रधानमन्त्री ओलीले प्रदान गरे । पुरस्कारको राशी जनही एक लाख रुपैंया रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार