धार्मिक आस्था बोकेको “गाई”

  • एकराज दुलाल

प्राचिन तथा ऐतिहासिक धर्मसँग जोडिएको “गाई” भनौँ या “लक्ष्मी”  “जनावर” भनौँ या “आमा” कुरो एउटै हो । अहिले चरम उत्कर्षमा पुगेको विवाद “गाई काट्न पाउनु पर्छ” भन्ने हो । तर यहाँ विविध कुरालाई मध्यनजर गर्दा काटमार तथा हत्याहिंसासँग यो जोडिएर रहेको तपाईँ हामीलाई थाहा नभएको भने पक्कै होईन । हाम्रो संस्कृति भनेको धर्मसँग जोडिएर रहेको छ । धर्मले कहिल्यै पनि भन्दैन काटमार गर्नु उचित हो भनेर त्यसमा अर्काको ज्यान जोखिममा पार्नु पनि हिंसा हो । आउनुहोस् एकछिन छलफल गरौँ गाई के हो र किन राष्ट्रिय जनावर हो त ?

घाँस खाएर दुध निकाल्न सक्ने गाई एउटा राष्ट्रिय जनावर मात्र नभएर परिपुरक पनि हो । बच्चा अवस्थामा मानिसले आमाको दुध खाएको हुन्छ । उसले त्यसको सट्टामा गाईको दुध पनि खाने गर्दछ । जिवन बचाउन तथा पोषणको क्रममा आवश्यक प्रोटिन गाईको दुधमा रहेको हुन्छ । रगत दिएजस्तै अभावमा जिवनदान दिन्छ भन्ने मान्यतामा पनि यो अडिएर रहेको छ । अब सन्दर्भ मा फड्को मारौँ । गाईको पिसाबलाई गौमुत्र अथवा गहुँत भनिन्छ । हिन्दू मान्यता अनुसार गोमुत्रले अपवित्रता नास गर्छ भन्ने रहेको छ । कुनै पनि धार्मीक कार्यक्रम गर्दा गोमुत्र छर्केर पवित्र गराउने प्रचलन रहेको छ ।गाईको गहुँत पवित्र मानिन्छ र हिन्दु धर्मका देव तथा पितृ कार्यहरूमा गौमूत्रको ठूलो महत्व छ । हुनत विज्ञानले समेत गहुँतको सेवनले मानिसका विभिन्न रोगहरू निको हुने भएकाले गहुँतलाई औषधि नै मानेको छ । धार्मिक तथा आध्यात्मिक रुपमा महत्वपूर्ण पनि यसलाई विशिष्ठ मानिन्छ । कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्नु अघि माटोको घर आँगनमा गाईको गोबरले घर आँगन लिपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर आफ्ना घर कोठा चोटा पवित्र तुल्याउने हाम्रो संस्कार हुनुको साथै आफ्नो घरमा परिवारमा यदी कसैको मरिमराउ भएको छ र जुठो, परेको छ भने झुठो सकिएको दिन गाईको गौतले सेचन गर्ने र खाने गर्दा क्रियापुत्री र आफन्त चोखिने समेत विस्वाश गर्दै कार्य गर्ने चलन जीवित छ भने गाईलाई पशुधनका रूपमा पनि लिइन्छ।

हामीहरु गाईलाई लक्ष्मी र गौमाताका रूप मान्दछौ। गाईजात्रा, गाईपाला, गाईप्राणी, गौप्राणी आदि शब्दले गाईमा आधारित विविध प्रतीकात्मक अर्थ प्रदान गर्छ।  लक्ष्मी हिन्दु धर्ममा धन तथा सुन्दरताकी देवी हुन । गाईलाई लक्ष्मी पनि भन्ने गरिन्छ । लक्ष्मी शब्द का सर्वप्रथम उल्लेख “ऋग्वेद” को पुरूषसूक्तमा भेटिन्छ। “श्रीश्च ते लक्ष्मीश्च ऊषाण।“ हे परमेश्वर, अनन्त शोभास्वरूप श्री र अनन्त शुभ लक्षण युक्त लक्ष्मी दुवै हजुरको पत्नी हुन। तंत्रागम का अनुसार सर्वोत्तम अवस्थामा विष्णु और उनको शक्ति लक्ष्मी एकै परमात्मा हुन। विष्णु र लक्ष्मी एक आपसमा अभिन्न छन् ।केवल सृष्टिको समयमा भिन्न देखिन्छन । स्त्रीको चौसठ्ठि कला मानिएको छ। चौसठ्ठि कला युक्त महिला लाई लक्ष्मी पनि भनिन्छ । सौभाग्य, समृद्धि , सफलता, सम्पन्नता र सुन्दरताको अर्थमा पनि लक्ष्मी शब्द प्रयुक्त हुने गर्दछ। भगवती दुर्गाको हजार नाममा एक नाम लक्ष्मी अथवा “गाई” पनि हो।

संसारमा कुनै पनि त्यस्तो विज्ञान छैन जुन रोवटलाई मुखबाट घाँस खुवाएर थुनबाट दुध निकाल्न सकिन्छ । उसले न कसैको मासु खाएको हुन्छ न कसैको हत्या गर्दछ । मानव जस्तै सर्वश्रेष्ठ छ गाई । ज्ञान छ तर मानिसको भाषामा बोल्दैन । गाईको संरक्षण गर्नुस् या नगर्नुस् यो त मेरो मनको कुरा होइन तर यसको गुण  विचार गरेर यसको संरक्षण गरौँ भन्ने मेरो भनाई हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार