प्रदेश १ स्तरीय जातिय संस्था र जिल्ला समन्वय परिषद भेला सम्पन्न

इटहरी : प्रदेश १ स्तरीय जातिय संस्था र जिल्ला समन्वय परिषद भेला मंगलवार इटहरीमा सम्पन्न भएको छ ।

नेपाल आदिवासी जनजाती महासंघ संघिय परिषद सचिवालय सुनसरीको आयोजनामा भएको कार्यक्रमका वक्ताहरुले प्रदेश १ लाई पहिचान झल्कने नामाकरण गर्न र राज्यले चाहेको कुरा पुरा गर्नमा जोड दिएका छन् । देश धर्मनिरपेश भएकोले सवै नेपालका सवै जातजातीहरुले आफ्ना संस्कार वचाउन पाउनुपर्ने प्रदेश भेला संयोजक किरण सुनुवारले वताए ।

यसैविच नेपाल आदिवासी जनजाति महासंघ १ नम्वर प्रदेशको प्रथम अधिवेसन तदर्थ समिति गठन भएको छ । समितिको संयोजकमा ध्रुव कुमार सुव्वा चयन भएका छन् ।

सहसंयोजकमा सुरेश गनगाई, पदम योन्जन  र नारायण भुजेल चयन भएका छन् । मुख्यसचिव तिलकप्रसाद राई, सहसचिव जोगमाया लुम्वा, आर्थिक संयोजक गुन्जमान माझी, महिला संयोजक कमला सुनुवार चयन भएका छन् ।

सदस्यहरुमा वलिमान गुरुङ, चन्द्र प्रसाद राजवंशी , चन्द्र प्रसाद ताजपुरिया , सोम वहादुर श्रेष्ठ , आन्द्री भोटे सिम्सा, भरत मोहन थामी र रुक्मिणी धिमाल चयन भएको नेपाल आदीवासी जनजाती महासंघ धनकुटाका अध्यक्ष सञ्जय सन्तोषी राईले जानकारी दिए । कार्यक्रममा १ नंम्वर प्रदेशका १४ एकल जातिय संघका अध्यक्ष तथा सदस्यहरुको उपस्थिति रहेको महासंघ धनकुटाका अध्यक्ष राईले वताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार