शरीरमा गोलीको छर्रा बोकीरहेकी अनुपाको वि एण्ड सी अस्पतालले निशुल्क अप्रेशन गरिदिने

पाँचथर : २०५८ सालमा संखुवासभाको चैनपुरको लडाइमा टाउको र छातीमा गोलीको छर्रा लागेर अहिलेसम्म पनि उपचार नपाउकी अनुपा राईको बी एण्ड सी अस्पतालले निःशुल्क अप्रेशन गरिदिने जनाएको छ ।

युद्धको बेला टाउको, छाती र पाखुरामा लागेको गोलीको छर्रामध्ये पाखुराको मात्र निकालिएको छ । अनुपाको उपचारको लागि शुक्रबार अस्पतालमा बोलाइएको छ । त्यसपछि स्वास्थ्य अवस्था जाँच गरेर उपचार थालिने अस्पताल स्रोतले जनाएको छ । केहि दिन अघि बिभिनन संचार माध्यमले उनको समाचार बनाएका थिए ।

युद्धको क्रममा गोलीको छर्रा लागेर अहिलेसम्म उपचार नै नगरी बसेकी अनुपाले अहिलेसम्म कुनै निकायबाट क्षतिपूर्तिसमेत पाएकी छैन ।

२०४२ सालमा ओखलढुङगाको चिसुङ्खगुढी गाउँपालिका–१, मा जन्मिएकी अनुपा अहिले कर्मको पाइला पछ्याउँदै पाँचथरको हिलिहाङ गाउँपालिका–७, सुभाङको एकचेपामा आइपुगेकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार