भोजपुर : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) भोजपुरको अध्यक्षमा राजन राई निर्वाचित भएका छन् । नेपाल आदिवासी जनजाती महासंघ भोजपुरको भवनमा भएको तेस्रो जिल्ला अधिवेशनले राईलाई निर्विरोध अध्यक्षमा निर्वाचित गरेको हो ।
समितिका उपाध्यक्षमा सारदा तामाङ, सचिव प्रदिपचन्द्र राई, सह– सचिव जमुना राई र कोषाध्यक्ष गोकुल भुजेल सहित ९ सदस्य जिल्ला कार्य समिति चयन गरेको छ ।
त्यसैगरी अधिवेसनले प्रदेश र केन्द्रिय प्रतिनिधि समेत चयन गरेको छ । केन्द्रिय प्रतिनिधिहरुमा किरण राई, सरिता राई, वुद्ध तामाङ, अवतारमान राई, र सन्देश राईलाई छनौट गरेको हो । त्यस्तै प्रदेश प्रतिनिधिमा एक्सन राई, केशर राई र विकेक राई छनौट भएका छन् ।