किरात राई पत्रकार संघको अध्यक्षमा नारायण राई

अजय थुलुङ रार्इ

बेलबारी : किरात राई पत्रकार संघ मोरङको जिल्ला अधिवेसन सम्पन्न भएको छ । बुधबार भएको दोस्रो अधिवेशनले नारायण राईको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्य समिति निर्वाचित गरेको छ ।

अधिवेशनबाट उपाध्यक्षमा हिमाल राई, सचिवमा लक्षणा राई र कोषाध्यक्षमा विवि राई सर्व सहमतिबाट निर्वाचित भएका हुन् । त्यसैगरी सदस्यहरूमा पर्वत राई, बरुण राई, अजय राई, पवित्रा राई ‘ए’, पवित्रा राई ‘वि’, अर्जुन राई रहेका छन् ।

किरात राई पत्रकार संघका केन्द्रीय कोषाध्यक्ष प्रकाश राईको प्रमुख आतिथ्यमा समिति निर्माण गरीएको हो । ‘पत्रकारीता भनेको राज्यको चौथो अंग हो । यसमा निडरताको साथ कलम चलाउनु पर्छ । जुन समाजमा भएका कुरीतिको विरुद्धमा लेखिनु पर्छ ।’

प्रमुख अतिथि प्रकाश राईले कार्यक्रमलाई सम्बोधन गर्दै बताएका हुन् । कार्यक्रम मोरङको बेलबारी स्थित किरात राई यायोक्खाको प्राङ्गणमा भएको थियो । कार्यक्रम सन्तोष राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार