प्रकाश पाक्साँवा
तेह्रथुम : तेह्रथुमको लालिगुरास नगरपालिका बसन्तपुर बजारमा आधारभुत पत्रकारिता सम्बन्धी दुइ दिने तालिम बिहीबारबाट सुरु भएको छ ।
नेपाल आदिवासी जनजाती पत्रकार महासघ (फोनिज) द्वारा आयोजित तालिममा पत्रकारिताको सुरुवात, नेपाली पत्रकारिताको ईतिहास, पत्रकारिता क्षेत्रमा आदिबासी जनजाति युवाहरुको सहभागीता, पत्रकारिताको बिकास, सुचना र सन्चारको महत्व, सकरात्मक समाज परिवर्तनमा पत्रकारहरुको भुमिका, समाचार लेखनको ततिका, खोजी पत्रकारिताको मर्म, रिपोर्टिङ गर्ने तरिका, कार्यक्रम उत्पादन गर्ने तरिका लगयतका बिशयमा छलफल भैइरहेको छ ।
नगरपालिका क्षेत्रका २१ जना सहभागी तालिममा रेडियो मेन्छ्यायेमका कार्यक्रम प्रमुख मनु याक्थुङ्वाले सहजीकरण गरिरहेका छन् । लालिगुरास नगरपालिकाको सहयोगमा आयोजना गरिएको तालिमको उद्वघाटन कार्यक्रम उपप्रमुख तिला पोख्रेलको प्रमुख आथित्य तथा फोनिजका जिल्ला अध्यक्ष टीआर सेनेहाङ्को अध्यक्षतामा सुरु भएको हो ।
बसन्त माबिको तालिम हलमा आयोजित उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी पोख्रेलले सुशासनको सम्बाहक पत्रकार नै भएको बताउँदै नगरपालिकाले पत्रकार उत्पादन गर्न पाउनु महत्त्वपूर्ण रहेको उल्लेख गरे । । उनले फोनिजको उदेश्यले नयाँ पत्रकारहरु तयार भई नगरपालिका नै सुचना र सन्चारको क्षेत्रमा समृद्ध हुने तर्क राखे ।
कार्यक्रममा बोल्दै बसन्त माविका प्रध्यानाध्यापक उद्घव नेपालीले अबको पत्रकारहरुले शैक्षिक मुद्दालाई पनि जोडदारका साथ उठान गर्नु पर्ने सुझाव दिए । तालिम शुक्रबारसम्म सन्चालन हुने र दोस्रो दिन नागरिक दैनिकका सम्बाददाता भगिश्वर लिम्बुले प्रशिक्षण गर्ने आयोजक फोनिज तेह्रथुमले जानकारी दिएको छ ।