चौध वर्षीय बालिकालाई पैसा दिएर गर्भवती बनाएको आरोपमा प्रहरी असई पक्राउ

पाँचथर : १४ वर्षीया बालिका बलत्कार गरेर गर्भवती बनाएको अभियोगमा प्रहरी चौकी नवमीडाँडाका असइ बलबहादुर ठटाल पक्राउ परेका छन ।

आफ्नै कार्यक्षेत्रकी चौध वर्षीय वालिकालाई गर्भवती बनाएको रहस्य सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय पाँचथरले असइ ठटाललाई मंगलवार पक्राउ गरेको हो ।

कमजोर देखिँदै गएकी छोरीले खाना खाने बित्तिकै बान्ता गर्न थालेपछि संका भएर सोधपुछ गर्दा गत पुष महिनामा पहिलो पटक असइ ठटालले आफुलाई जवरजस्ती करणी गरी पाँच सय रुपैंया दिएर फकाएको वताएपछि गर्भवती भएको संका लागेको पीडितका पिता बताँउछन ।

“छोरीले त्यस्तो बताएपछि वालिकाकी आमाले असइलाई घरमा वोलाएर सोधपुछ गर्न थालेपछि हल्ला नगर्नु, भोली सदरमुकाम गएर उपचार गर्नुपर्छ भन्दै एक हजार रुपैंया थमाए ।” पीडितका पिताले भने ।

एकपटक बलात्कार गरेर पाँच सय रुपैंया दिएपछि असइले पटक पटक करणी गरेको पीडितको आरोप छ । त्यसपछि छोरी र आफुलाई हल्ला नगरी मोटरसाइकलमा वस भनेर चोरबाटो हुँदै फिदिम ल्याएर वसपार्कको एउटा होटलमा एकरातसम्म राखेको उनको आरोप छ ।

सोमवार होटलमै वसेका असइ ठटाल पीडित र उनका पितालाई लिएर गर्भपतन गराउन मंगलवार १० वजे पाँचथर अस्पताल पुगेका थिए । त्यसअगावै असइको पोल जिल्ला प्रहरी कार्यालय पाँचथरमा आइपुगेकाले पीडितलाई गर्भपतन कक्षमा प्रवेश गराउनु पुर्व नै सादा पोशाकमा खटेका प्रहरीले ठटाललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमूख बामदेब गौतम बताँउछन् । पक्राउ परेका ठटाललाई हिरासतमा राखी अनुसन्धान शुरु गर्नुका साथै पीडितलाई उपचारका लागि चिकित्सकको निगरानीमा राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार