बलात्कार अभियोगमा दुई जना पक्राउ

ताप्लेजुङ : ताप्लेजुङको मैवाखोला गाउँपालिका निवासी एक महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा ताप्लेजुङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मैवाखोला गाउँपालिका–१ ढुंगेसाँघुका २३ वर्षिय सुवास लिम्बु र २२ वर्षिय लाक्पा शेपालाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बताएको छ ।

बलात्कारको सिकार बनेकी ३३ वर्षिय महिलाले चैत्र ११ गते दिएको जाहेरीका आधारमा उनिहरुलाई पक्राउ गरि अनुसन्धान सुरु गरिएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिनुभयो । सदरमुकाम फुङलिङबाट घर फर्कने क्रममा दुई जनाले आफुलाई जवरजस्ती करणी गरेको ति महिलाले प्रहरीमा दिएको जाहेरीमा जनाईएको छ ।

पिडित परिवारलाई धम्क्याउने एक पक्राउ

बलात्कार पछि गर्भवती बनेकी १२ वर्षिया बालिकाकि आमालाई धम्क्याउने अर्का एक जनालाई समेत प्रहरीले पक्राउ गरेको छ । फोनबाट पिडित बालिकाकि आमालाई यो घटना मिलाउनु पर्छ भन्दै धम्क्याउने फुङलिङ नगरपालिका ५ निवासी दुर्गा पतंवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको हो ।

उनले ‘म जिल्ला प्रहरी कार्यालयबाट बोलेको हुँ, तिमीले यो घटना मिलाउनु पर्छ भन्दै धम्क्याएको पिडित बालिकाकि आमा सरिता राई (नाम परिवर्तन) ले बताईन् । बालिकाकी आमाले पतंवा विरुद्ध मंगलबार जाहेरी दिए पछि पतंवालाई पक्राउ गरि अनुसन्धानसुरु गरिएको प्रहरीले बताएको छ ।

यता बालिकालाई बलात्कार गरि गर्भवती बनाएको अभियोगमा पाँचथरको हिलिहाङ गाउँपालिका घर भई ताप्लेजुङ सदरमुकाम फुङलिङमा अस्थाई बसोबास गर्दै आएका का ३३ वर्षिय राम राईलाई भने जिल्ला प्रहरी कार्यालयले गत चैत्र ९ गते पक्राउ गरि हिरासतमा राखेको छ । अदालतबाट म्याद थप भई उक्त घटनाका सम्वन्धमा अनुसन्धान भईरहेको बताईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार