साक्षरता अभियानमा प्रधानमन्त्रीले बालबालिका विद्यालय लैजाने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले निरक्षरता उन्मुलनका लागि यस वर्षको विद्यालय भर्ना अभियानमा आफूले एक जना बच्चालाई विद्यालय भर्ना गर्ने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवटारमा प्रधानमन्त्रीसँग राष्ट्रिय यूवा परिषद कार्यक्रममा मन्तव्य राख्दै प्रधानमन्त्री ओलीले आगामी बैसाख ५ गतेका दिन विद्यालय जाने उमेरको कुनै बालक÷बालिकालाई घरबाट आफैले ं विद्यालयमा लगेर भर्ना गराउने बताएका हुन् ।

“यसपालीको विद्यालय भर्ना अभियानमा विद्यालय उमेरको एक जना बच्चालाई विद्यालयमा लगेर नाम लेखाइदिन्छु” प्रधानमन्त्री ओलीले भने, “मन्त्री र माननीयहरुले पनि त्यसै गर्नुहुन्छ ।” निरक्षरतालाई दुई वर्षभित्र उन्मुलन गर्ने नीति अन्तरगत यसपालीको विद्यालय भर्ना अभियानलाई ब्यापकता दिन लागिएको प्रधानमन्त्री ओलीले बताए ।

प्रधानमन्त्री ओलीले मधेसका केही मुसहर र डोम जातिको साक्षरता प्रतिशत न्यून रहेकोले त्यही समुदायका बालबालिका विद्यालयमा भर्ना गराउने इच्छा आफ्नो भएको बताए । “मैले निश्चित त गरिसकेको छैन तर तराइको कुनै जातिका बालबालिका विद्यालयमा भर्ना गराउने इच्छा मलाई छ” प्रधानमन्त्री ओलीले भने ।

यस अभियान बीचैमा विद्यालय छोड्ने दर बढाउन नभइ विद्यालयको पढाइ पुरा गराएर शतप्रतिशत साक्षरता भएको देशमा नेपाललाई पु¥याउनका लागि भएको प्रधानमन्त्री ओलीले बताए ।

प्रधानमन्त्री ओलीले यूवाहरुलाई देश निर्माणमा लाग्न आग्रह गरेका छन् । भ्रष्टचारलाई निर्मूल पार्न यूवाहरुको भूमिका महत्वपूर्ण हुने प्रधानमन्त्री ओलीले बताए । युवा परिषदलाई गच्छे अनुसार सरकारले सहयोग गर्ने प्रधानमन्त्री ओलीले प्रतिबद्धता व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार