गाईभैंसी पालन तथा घाँसे बाली उत्पादन तालिम सम्पन्‍न

युद्धबहादुर बोहोरा

पाँचथर : पाँचथरको फाल्गुनन्द-५ मा आयोजित गाईभैंसी पालन तथा गोठ व्यवस्थापन र घाँस तथा घाँसे बाली उत्पादन प्रविधि सम्बन्धी चार दिने तालिम सम्पन्न भएको छ।

‘प्रत्येक घरमा एउटा दुहुना गाई वा भैंसी हाम्रो अभियान एक कप दुध स्वास्थ जिवनको लागि हरेक बिहान’ नारा सहित उन्नति समावेशी वृद्धि परियोजना र जनजागरण अभियान कृषि सहकारी संस्था लिमिटेड फाल्गुनन्द -५ फाक्तेपको साझेदारीमा आधुनिक प्रविधिद्वारा पशुपालन व्यावसाय र पशु आहार सम्बन्धि तालिम संचालन भएको थियो ।

आगामी ५ बर्ष भित्रमा दुध उत्पादन, बजार व्यवस्थापन र घुर्बिसे पन्चमीमा दुध चिस्यान केन्द्र निर्माण गर्ने उदेश्यका साथमा इलाम फाकफोकथुम -१ र पाँचथर फाल्गुनन्द ४ र ५ का पशुपालक कृषकहरुलाई छुट्टाछुट्टै ठाँउमा तालिमको आयोजना गरेको थियो ।

तालिममा पशुसेवा कार्यलय ललितपुरका वरिष्ठ पशुविकास अधिकृत डा.मोगल प्रसाद शाह, राष्ट्रिय चरण तथा आहार केन्द्र, ललितपुरका वरिष्ठ पशुविकास अधिकृत शंकर शाह र पशुसेवा केन्द्र फाल्गुन्द-५ का प्रमुख बिष्णु राइले प्रशिक्षण दिएका थिए ।

फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अम्बरकुमार नेम्बाङको प्रमुख आतिथ्य र संस्थाका अध्यक्ष रुकेन्द्र चेम्जोङको अध्यक्षतामा तालिम समापन भएको थियो । पशुजन्य उत्पादनको लागत घटाइ कृषकलाई बढी आयस्रोत हुने सीपको आर्जन गर्ने हेतुले कुल ५८ लाख बराबरको पशुपालन सुधार योजना थालनी गरिएको व्यवस्थापक सुर्यप्रकाश चेम्जोङले बताए।

उक्त योजनाको लागि फाल्गुनन्द -५ वडा कार्यलयबाट ५ लाख सत्तरी हजार र अन्य रकम जनजागरण र उन्नति समावेशीबाट उपलब्ध भएको थियो । आगामी दिनमा संस्थालाई सहयोगका लागि राष्ट्र बैंक स्वबलम्बन कोष, युवा स्वरोजगार र उन्नति समावेशीमा पहल हुँदै आएको उनको भनाइ छ ।

घुर्बिसे पन्चमीमा १ हजार लिटरको दुध चिस्यानको लागि चिलिम भ्याट राखिने, कृषकलाई पायक पर्ने १५ स्थानमा दुध संकलन केन्द्र संचाल गरिने साथै हाल सम्म ७५ जनालाई गोठ निर्माण र च्यापकटर वितरण गरिएको र ८ वटा डेरी सुधार भइ सकेको चेम्जोङले जानकारी दिए ।

संस्थाले घुर्बिसे पन्चमी बजारमा पशु टहरा निर्माण,विद्यालय र स्वास्थ चौकीमा सोलार वितरण र जिल्ला कृषि कार्यलय पाँचथरको सहयोगमा १ सय पच्चीस गोठ सुधार गरि सकेको छ ।

कार्यक्रम प्रमुख अतिथिबाट प्रशिक्षकलाई सम्मान पत्र साथै तालिममा छ सय सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए। कार्यक्रममा संघ सस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, जनप्रतिनिधिसहित सात सय भन्दा बढीको उपस्थित रहेको थियोे।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार