पूराणमा ११ लाख ८० हजार रुपैयाँ संकलन

डम्बर निरौला

नयाँबजार : इलामको माईजोगमाईस्थित नयाँबजारमा आयोजित श्री शतचण्डि धनधान्यञ्‍चल महायज्ञ एवम् श्रीमददेवी भागवत नवाह ज्ञान महायज्ञ सोमबार सकिएको छ ।

यज्ञशाला एबम् अतिथी सदन निर्माणको पूराण संचालन गरिएको पूराणमा ११ लाख ८० हजार ८ सय १५ रुपैयाँ संकलन भएको छ । साथै ४१ जनाले दूध, धान, चामल द्रब्य लगायतमा तुलादान समेत गरेका छन् । पुराणमा करिब १२० बोरा सिमेन्ट समेत विभिन्न दाताहरूले सहयोग गरेका छन् ।

कार्यक्रम समापनको अवसरमा सहयोग गर्ने सबैमा बाबाजी र पूराण आयोजक समितिले धन्यबाद समेत ब्यक्त गरेको छ । साथै गुरूजन र संयमसेवकहरूलाई सम्मान गरिएको छ ।

पूराण आयोजक समितिका अध्यक्ष टेकबहादुर शाहको अध्यक्षतामा तथा एकदेव माहाराज (बाबा जी) को सानिध्यमा सम्पन्न भएको कार्यक्रमको सञ्‍चालन पण्डित बुद्धिप्रकाश लुईटेल गरेका थिए ।

कार्यक्रम बालागुरू शिवालय धाम नयाँबजारमा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार