यो गाई खाने सवाल होईन, अरु केही हो

गाई नेपालको राष्ट्रिय जनावरबाट राजनीतिक जनावरमा अनुवाद हुँदैछ। नेपाल ईतिहासको एउटा कालखण्डमा हिन्दूराष्ट्र थियो, आज यो एक धर्म निरपेक्ष राज्य हो। संबैधानिक रुपले नेपाल हिन्दू राष्ट्र कहलिएको पनि धेरै भएको छैन। उन्नाईस सालमा “विष्णुका अवतार” राजा महेन्द्रले संबिधान संशोधन गराउँदा नेपालको परिचय अगाडि यो फुर्को जोडिएको हो। त्यस अघि नेपाल न धर्म सापेक्ष थियो न निरपेक्ष। हिन्दूको अत्याधिक बहुमत भएपनि, यहाँ सबै धर्मका अनुयायीबीच शान्तिपूर्ण सहअस्तित्वको परम्परा थियो।

नेवार भन्दा राम्रो र मीठो नेवारी बोल्ने नेपाली मुस्लीमहरु काठमान्डौका पुराना गल्लीहरुमा अझै जीवित छन्। नेपाल बसाई सरेको मुसलमानको पहिलो पुस्ताले ईन्द्रचोकमा चूरा बेच्न थाल्दा नेपाल हिन्दूराष्ट्र घोषित भैसकेको थिएन। तर त्यतिबेला मात्र होईन, त्यसको हजारौं बर्ष अघिदेखिनै हिन्दूहरुको चूलोमा गौमांस बर्जित थियो। यो धार्मिक डण्डा बजाएर लादिएको नियम थिएन। संस्कारजन्य जीवनशैली थियो। नेपाली मुसलमानहरुले यहाँ हामीले गाई काट्न र खान पाउनुपर्छ भन्दै कहिल्यै आन्दोलन गरेनन।

पारसीहरुको एउटा समूह समुन्द्री मार्गबाट भारतको गुजरातमा शरणार्थीका रुपमा ओर्लियो। शान्तिप्रिय अनि मिहिनेती स्वभावका पारसीहरुले तत्कालीन भारतका मुगल शासकहरूसंग अनुनय गरे, “हामी दुख्ख पाएर परदेशिएका पारसी हौँ। तपाईंहरुको सामाजिक व्यवस्था दूध झैं निर्मल छ। हाम्रो स्वभाव चिनी जस्तो छ। हामी तपाईंको समुदायमा अदृश्य भएर घुलमिल हुन्छौं। तर चिनीको मिठास भने बाँड्छौ।”

आजको नेपाली समाजिक रगतमा राजनीतिको रंग मिसिएको छ। राजनीतिमा धर्मको अर्बुद रोग घोलिएको छ। सामाजिक सहिष्णुताको परम्परा क्रमश: खोक्रो हुँदैछ।

एउटा ऐतिहासिक उदाहरण

झन्डै १२ सय बर्ष अघि, पर्सियाको खाडीमा सन्त जोरोको अध्यात्मिक मार्गका अनुयायी पारसीहरुको सभ्यता फल्दैफुल्दै थियो। तर ईसाईहरुको धार्मिक युद्दको मारमा परेर उनीहरुको भागाभाग भयो। पारसीहरुको एउटा समूह समुन्द्री मार्गबाट भारतको गुजरातमा शरणार्थीका रुपमा ओर्लियो। शान्तिप्रिय अनि मिहिनेती स्वभावका पारसीहरुले तत्कालीन भारतका मुगल शासकहरूसंग अनुनय गरे, “हामी दुख्ख पाएर परदेशिएका पारसी हौँ। तपाईंहरुको सामाजिक व्यवस्था दूध झैं निर्मल छ। हाम्रो स्वभाव चिनी जस्तो छ। हामी तपाईंको समुदायमा अदृश्य भएर घुलमिल हुन्छौं। तर चिनीको मिठास भने बाँड्छौ।”

मुगल साम्राज्यले उनीहरुलाई शरण दियो। उनीहरुले भारतीयहरुलाई ब्यापार र साहित्यको क्षेत्रमा धेरै कुरा सिकाए। संख्यामा सानो भएपनि उनीहरुको उद्दमशीलताको परिणाम भारतमा फैलियो। भारतका कथित रैथाने कट्टरपन्थी हिन्दू नेताहरु पारसीहरुको सफलताबाट ईर्ष्याले जलेर कोईला हुनथाले। पारसीहरु मुसलमान होइनन्। तर भारत सन् सतचालीसमा स्वतन्त्र हुँदासम्म हिन्दूहरुले पारसीलाई मुसलमानकै दर्जामा राखिदिए।

सन् २ हजारमा भारतका अहिलेका हिन्दुवादी प्रधानमन्त्री नरेन्द्र मोदी गुजरातका मुख्यमन्त्री थिए। त्यहाँ हिन्दू र मुसलमानकाबीच दंगा भयो। यथार्थमा त्यो दंगा भन्न लायक घटना थिएन। भारतको अन्तर्राष्ट्रिय खुफिया संरचना त्यतिबेला पाकिस्तानको बलुचिस्तान प्रान्तमा उपद्रो मच्चाउन त्यहाँ धमाधम बिष्फोट गराउँदै थियो। बदलामा पाकिस्तानको खुफिया “आई.एस.आई” ले केही प्रशिक्षित हुलदंगाबाजहरुलाई गुजरात पठायो। उनीहरुले त्यहाँको गोधरा भन्ने स्टेसनमा अडिएको एउटा रेलमा सुनियोजित ढंगले आगो लगाईदिए। यो आततायी घटनामा मर्नेहरु मध्ये साठी जना हिन्दू तीर्थयात्री थिए। हिन्दुहरुको आक्रोश हिंसाका रुपमा बिष्फोट भयो। पाकिस्तानले चाहेको पनि यही थियो।

यो पनि धर्म?

मुस्लीम राष्ट्र भएपनि, पाकिस्तानी सत्ताका लागि भारतका मुसलमानहरु प्रति कुनै सद्भाव हुँदैन। पाकिस्तानी धर्मगुरु र सेना भारतीय मुसलमानलाई “काफिर” अर्थात परचक्री भन्छन्। पाकिस्तानी सत्ता जतिसुकै सुधारवादी हुन किन नखोजोस वा नदेखाओस, त्यहाँको सत्ता संधै धर्मगुरु र सेनाको दुईखुट्टे जगमा अडिएको छ। गोधरा काण्डमा मर्ने र मार्नेहरुका बाबु र बाजेहरू सन् सतचालीस अघि एउटै टोलमा हुर्किएका थिए। एउटै अंग्रेजी स्कूल जान्थे। कतिको त पारिवारिक सम्बन्ध पनि थियो।

गोधरामा सल्किएको सलाईको एउटा काँटीको ज्वालाले गुजरातको राजधानी अहमदावादलाई झपक्कै छोप्यो। नरेन्द्र मोदीको महत्वाकान्क्षालाई मलजल गर्न यो एउटा ब्रम्हाश्त्र सावित भयो। उनले यो काण्ड हुनु अघिनै आफ्नो चुनावी प्रयोजनका लागि बालबालिकालाई खोप दिने नाममा, अनि बृद्दहरुको लागत लिने बहानामा प्रत्येक टोलका बासिन्दाको लागत राखेका थिए। सरकारी कर्मचारीको भेषमा उनले आफ्ना पार्टी कार्यकर्ताहरुलाई यसका लागि खटाएका थिए।

गोधरामा सल्किएको सलाईको एउटा काँटीको ज्वालाले गुजरातको राजधानी अहमदावादलाई झपक्कै छोप्यो। नरेन्द्र मोदीको महत्वाकान्क्षालाई मलजल गर्न यो एउटा ब्रम्हाश्त्र सावित भयो। उनले यो काण्ड हुनु अघिनै आफ्नो चुनावी प्रयोजनका लागि बालबालिकालाई खोप दिने नाममा, अनि बृद्दहरुको लागत लिने बहानामा प्रत्येक टोलका बासिन्दाको लागत राखेका थिए। सरकारी कर्मचारीको भेषमा उनले आफ्ना पार्टी कार्यकर्ताहरुलाई यसका लागि खटाएका थिए।

उनको त्यही तपसीलका आधारमा मोदीपुत्र अतिवादीहरु गैर मुस्लीम क्षेत्रमा योजनाबद्द रुपले घुसे। मोदीको कुनियत प्रमाणित गर्न यही कुरा पर्याप्त थियो। उनलाई मानवीयता बिरुद्दको अपराधमा मुद्दा लाग्नुपर्नेथियो। तर, स्वार्थी अनि गवाँर भीडको नेता प्रजातन्त्रमा सर्वशक्तिमान हुन्छ।

साठी जनाको मृत्यु भएको यो घटनाले गुजरातमा एक साता भित्र दुई हजारको ज्यान लियो। हिन्दू  “भिजिल्यान्ते” समूह आगो, पेट्रोल र हतियार सहित जुलुस निकाल्थ्यो,स्थानीय प्रहरी उनीहरुलाई बाटो छोडिदिन्थ्यो।  मुसलमानहरु प्रहरीको आशा गर्थे। प्रहरी उनीहरुलाई जोगाउनुको साटो जानाजान हिन्दूहरुको जुलुस आउंदै गरेको बाटो देखाईदिन्थ्यो।

अब पारसीको कुरातिर जाउँ। गुजरातमा दूई हजार मात्र मरेनन् त्यतिबेला। झन्डै दुई हजार बेपत्ता पनि भए। उनीहरुको लेखाजोखा पछि कसैले राखेन। तर, सन् २००१को राष्ट्रिय जनगणना हुँदा गुजरातमा झन्डै सत्तरी हजार पारसीहरु थिए। सन् २०११ मा भएको अर्को जनगणना अनुसार, गुजरातमा जम्मा पारसीहरुको संख्या ५५ हजारमा देखियो। पारसीहरुको जीवन, घर अनि ब्यापार सबै गयो। तर रातारात हिन्दूवादी स्थानीय नेताहरुको ब्यापार आकाशिन थाल्यो। पारसीहरु चिनी बनेर आएका थिए। त्यतिबेला समाज दूधजस्तै सेतो थियो होला। नरेन्द्र मोदीले सेतो समाजलाई रगत मुछेर “गुलाफी” बनाईदिए।, अनि पारसीको चिनी आफ्ना कार्यकर्तालाई चखाए। उनी प्रधानमन्त्री भए।

(यसबारेमा “परजानिया” नामको एउटा सिनेमा पनि बनेको छ। नसिरुद्दिन शाह र सारिकाको उत्कृष्ट अभिनय छ। मोदीको पोल खोलेको छ। तर मोदीले यो सिनेमालाई आफू प्रधानमन्त्री भएको एक सातामै प्रतिबन्धित गरिदिए। यू ट्युबमा शायद अझै उपलब्ध होलाहेर्नुहोस)

अब, “गुलाफी” क्रान्तिको कुरा

नरेन्द्र मोदी सत्ताको सिंहासन चढ्नुअघि, भारतमा मनमोहन सिंहले नेतृत्व गरेको मिलिजुली सरकारले “हरित क्रान्ति” को नारा दिएको थियो र अन्नपात उत्पादनमा किसानले केही सहुलियत पनि पाएका थिए। दिल्लीको लालकिलामा आसन जमाउन आतुर मोदीले आफ्नो चुनावी भाषणमा एउटा कुरा भन्न कहिल्यै छुटाएन्-  “यो सरकार हरित क्रान्तिको नाममा ‘गुलाफी’ क्रान्ति निम्त्याउन खोज्दैछ।”

मोदीको “टार्गेट अडियन्स” हिन्दुवादी मतदाता थिए। उनको भाषणको अन्तर्य थियो, “कांग्रेसीहरु भारतमा गाईको रगत र बोसो मिलेको गुलाफी अर्थतन्त्र खडा गर्न खोज्दैछन।” उनले कांग्रेस पार्टीले मुसलमान भोटका लागि गैरकानूनी गौहत्या प्रति आँखा चिम्लेको आरोप लगाए। हिन्दू बहूल उत्तर प्रदेश र राजस्थान जस्ता राज्यमा उनको यो तिलस्मी कथनले काम गर्यो। उनको पार्टीले चुनाव जित्यो।

मोदीको “टार्गेट अडियन्स” हिन्दुवादी मतदाता थिए। उनको भाषणको अन्तर्य थियो, “कांग्रेसीहरु भारतमा गाईको रगत र बोसो मिलेको गुलाफी अर्थतन्त्र खडा गर्न खोज्दैछन।” उनले कांग्रेस पार्टीले मुसलमान भोटका लागि गैरकानूनी गौहत्या प्रति आँखा चिम्लेको आरोप लगाए। हिन्दू बहूल उत्तर प्रदेश र राजस्थान जस्ता राज्यमा उनको यो तिलस्मी कथनले काम गर्यो। उनको पार्टीले चुनाव जित्यो।

मोदीले चुनाव जितेर काम गर्नु अघिनै, भारतका हिन्दू बहुमत भएका राज्यमा “गौरक्षक” नामका भिजिल्याण्टे समूहहरु देखिन थाले। भारतले “बीफ़” र छाला निर्यात गरेर बार्षिक करोडौं डलर आम्दानी गर्छ। करोडौं यसमा आधारित रोजगारीमा छन्। भारतमा जनसंख्याको चौध प्रतिशत मुसलमान छन्। मोदीको भारतीय जनता पार्टी बाहेक अन्य पार्टीहरु संग मुस्लीम सम्प्रदायको सामिप्य, भाजपाका लागि चुनावी रणनीतिमा बिझाउने काँडा हो।

सन् २०१७को अप्रील महिनामा उत्तरी भारतको एउटा हटीयामा लागेको पशु मेलाबाट विधिवत किनेको गोरु लिएर हिंडेका पहलु खानलाई मोदीका गौरक्षकहरुले रोके। आफ्ना दुईजना छोराहरुकै अगाडि उनलाई कुटिकुटि मारियो। “गौ रक्षक” हरु माथि प्रशासनले कुनै कारवाही गरेन।

त्यसको साटो, मोदी सरकारले एक महिनापछि, मे महिनामा गाई-गोरु काट्ने काममा देशव्यापी प्रतिबन्धको घोषणा गर्यो। दुई महिनापछि, जुलाईमा भारतको सर्वोच्च अदालतले मोदी सरकारको यो निर्णयलाई खारेज गरिदियो। भारत धर्म निरपेक्ष राष्ट्र हो।

अदालतमा हार बेहोरेपनि, हिन्दुवादीहरुको गोरक्ष सेनाको जन अदालतलाई भारतमा कसैले रोकतोक गर्ने स्थिति छैन।

सन् २०१७ मा अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले नेपालका सीमाना जोडिएका भारतीय राज्यका १ सय १० ओटा गाई पुनर्वास केन्द्र अर्थात, “गौशाला”हरुमा एउटा सर्वेक्षण गर्यो। एक बर्ष अघि सन् २०१६मा यी केन्द्रहरुमा आरक्षित गाईहरुको कूल संख्या चौरासी हजार थियो। एक बर्ष भित्र यो संख्या बढेर दूई लाख पुगेछ। यी सबै गाईहरु गैरहिन्दू किसानबाट “गौहत्या” को आरोपमा लुटेर ल्याईएका थिए।

“यी गाईहरुमध्ये बजारमा बिक्री नहुनेजति हिन्दू किसानलाई बाँडिन्छ। बिक्री हुने जति फेरी बजारमै जान्छ। गौरक्षकहरु गैर हिन्दूबाट लुटिएका यस्ता गाईबाट बार्षिक करोडौं कमाउंछन्। यो रकम घुमिफिरी भाजपाकै चुनाव प्रचार र कार्यकर्ता पालन पोषणमा खर्च हुन्छ।“  रोयटर्सको त्यो रिपोर्टमा भनिएको छ। यसको खण्डन भारत सरकारले आजसम्म गरेको छैन। हिन्दू सम्पादकहरुको बाहुल्य रहेको भारतको मूलप्रवाहमा बग्ने “मेडिया” यसबारेमा रहस्यमय तरिकाले मौन रहन रुचायो।

उत्तर प्रदेश, बिहार अनि राजस्थान जस्ता अल्पशिक्षित मतदाताले भरिएको ठूलो निर्वाचन क्षेत्रमा भाजपाका लागि यो एउटा चुनावी हतियार मात्र होईन, भ्रम छर्ने एउटा अस्त्र पनि हो। यो क्षेत्रले उम्मेदवार जिताउन सक्छ, यहाँबाट जितेका प्रतिनिधिको संख्याले दिल्लीमा सरकार बनाउन र ढाल्न पनि सक्छ।

तर भाजपा को आर्थिक नीति कांग्रेसको नव-उदारवादी उपक्रम भन्दा पृथक होईन भन्ने गुह्य कुरो यो क्षेत्रका मतदाताले बुझ्दैनन्। यस्तालाई गाई र गोरुमै अल्मल्याएर राख्नु बेश!

अब नेपालमा पनि?

नेपालमा प्रदेश नम्बर तीनकी उपसभामुख राधिका तामांगले “गाई काट्ने कानून ल्याउँछु” भनेको अपुष्ट समाचारका भरमा जनमत लज्जास्पद तरिकाले विभाजित देखियो। बिशेषत: सामाजिक संजाल हेर्दा यो नबलेको आगोमा घ्यू थप्ने नेपालमा बस्ने भन्दा बिदेशमा बस्ने नेपालीहरु बढी देखिए।

न्यूयोर्कमा बस्ने एउटा जनजाति फेसबुकमा लेख्छ, “गाई ठूलो कि भाई?” अनि भर्जिनिया बस्ने अर्की बाहुनी लेक्छे, “बरु कुकुर खानु नि!”

नेपाल बाहिर बसेका नेपाली आफूलाई मन लागेको कुरा मासु खान स्वतन्त्र छन्।

यहाँको भोजनालयमा बीफका परिकार प्राप्त छन्। आफू खानु, नेपालमा किन डढेलो लाउनु? नखानेले नखानु। खानेलाई किन सराप्नु?

म बसेको मुलुक अमेरिकामा नेपालीहरुको एउटा भूईंफुट्टा बर्ग बसेको छ। यो जनजातिका नाममा आफुले आफुलाई खुल्याउने बर्ग हो। यो त्यो बर्ग हो, जो अरुको पतनमा आफ्नो उत्थानको सपना देख्छ।

स्वयं नेपालमा, तथाकथित हिन्दू सम्राट पूर्व राजा ज्ञानेन्द्रका सहपाठी, होटल सोल्टीका मालिक प्रभाकर समशेरले दशकौं देखि होटेल सोल्टीमा गाईको मासु बाट बनेका परिकार पस्किंदै आएका छन्। भर्खर टूसो पलाएका च्याउ जस्ता नेताहरुको पीपलसरी जमेको सामन्तवादी जरो उखेल्ने हिम्मत छैन।

राजतन्त्र पनि माओवादीको एक्लो आन्दोलन बाट फालिएको होईन। दूईसय तीस बर्ष पुरानो त्यो तन्त्र फालिनुको पहिलो कारण ज्ञानेन्द्र स्वयं आफू थिए। दोश्रो गिरिजाप्रसाद कोईरालाको सैद्दान्तिक बिचलन थियो। माओवादीहरु तेश्रो, चौथो अथवा यस्ता ठेट्ना थिए, जसलाई भारत मात्र होईन, देश देशावरका षड्यन्त्रकारीहरुले आ-आफ्नो स्वार्थ्यका लागि प्रयोग गर्दैथिए।

जनमुक्ति सेनामा भर्ति हुने चिचिलाहरुको रगत र पसीना कतातिर दुरुपयोग हुँदैछ? पुष्पकमल दाहाल र बाबुराम भट्टराईलाई त्यसको चिन्ता थिएन। उनीहरुलाई आफ्नो ज्यानको चिन्ता थियो।

पहिलो पोष्टको पहिलो कुरा

हिजो पहिलो पोष्ट नामको अनलाईन पोर्टलमा एउटा सुखद समाचार देखियो। त्यहाँ राधिका तामांगले भनेकी छिन, “यो मैले बोल्दै नबोलेको कुरा आयो। मैले भनेकै छैन।” उनको दावी अनुसार, नुवाकोटको स्थानीय राजनीतिको कारण उनलाई विवादमा मुछिएको हो। नभन्दै नुवाकोटमै कांग्रसी कार्यकर्ताहरुले तामाङ्ग बिरुद्द राँके जुलुश पनि निकालेका छन्।

यता अमेरिकामा नेपाली गोरक्षक र भक्षक उम्लिनुको के तुक छ?

 राधिका तामांगले भनेकी छिन, “यो मैले बोल्दै नबोलेको कुरा आयो। मैले भनेकै छैन।” उनको दावी अनुसार, नुवाकोटको स्थानीय राजनीतिको कारण उनलाई विवादमा मुछिएको हो। नभन्दै नुवाकोटमै कांग्रसी कार्यकर्ताहरुले तामाङ्ग बिरुद्द राँके जुलुश पनि निकालेका छन्।

युरोपियन युनियनको कथित चुनावी प्रतिवेदनमा खस आर्यको आरक्षण सम्बन्धमा विवादास्पद कुरा आउनु अनि तुरुन्तै गाई काट्ने र खाने चर्चाले मुलुक छोंप्न खोज्नुले के संकेत गरेको छ? यो विदेश बस्ने नेपाली जनजाति र बाहुनको चासोको बिषय हो कि होईन?

नेपाल, ईतिहासको यस्तो चुनौतिपूर्ण दोबाटोमा उभिएको छ, जहाँ उसलाई, उसैको भेषमा,”तिम्रै मान्छे हुँ नि त !” भन्दै लडाउनेहरु जुर्मुराएका छन्।  दक्षिण एसियाको ईतिहासमै पहिलोपटक शक्तिशाली “बामपन्थी” सरकारको उदय भएको छ। संघीय संरचना बनेका छन्। प्रदेश सरकार संग आसन छ, तर कानून छैन, त्यसैले शासन पनि छैन रे।  अनि अचानक गाई खान पाउने र नपाउने कुराको बहस शुरु हुन्छ।

पुरानो कथा

एउटा पुरानो कथाबाट मेरो कथनीको अन्त्य गर्छु। एकादेशमा केही मान्छेहरु आए।  उनीहरु भन्दा पहिले त्यहाँका गाउँले शान्तिपूर्ण जीवन बाँच्थे। पछि आउनेले पुराण ल्याए, बाईबल ल्याए, कुरान पनि आयो। एकथरी गाई खान थाले, अर्काथरी हुन्न, गाई हाम्रो माता हो भन्न थाले। त्यसो भए सुँगुर खान्छौं नि त, भन्दै गाई खानेहरुनै आए, आदिवासी रैथानेले त्यसको पनि बिरोध गरे। सुँगुर हाम्रो ईष्टदेव हो।  पछि आउने मान्छेहरु गोरा रंगका थिए, उनीहरुसंग हतियार थियो। उनीहरुले भने, “ठीकै छ, हामी गाई र सुँगुर खान नपाउनेभए, अब तिमीहरुलाई नै खान्छौं।” डलर दिएर उनीहरु हाम्रो संस्कार, संस्कृति, आत्मियता, स्वाभिमान, सबै कुरा खान्दैछन। बुझ्नेलाई ईशारा काफी छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार