नयाँ बुलन्द
इलाम : इलाममा सञ्चालन हुन लागेको पूर्वी पहाडी जिल्लाको सर्वाधिक पुरस्कार राशी भएको अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डप चौथो संस्करणको तयारी तीब्र पारिएको छ ।
माइभ्याली फुटबल क्लबको आयोजनामा आगामी ६ वैशाखदेखि सञ्चालन हुन लागेको प्रतियोगिताका लागि मैदान सफा गर्ने, दर्शकलाई बस्न प्यारापिट निर्माण गर्ने, खेल मैदानको चौरीमा पानी लगाउने जस्ता कामका लागि सबै तयारी सुरु गरिएको छ ।
यस संस्करणमा नेपाल–भारत र बंगलादेशका १२ वटा ए डिभिजनका टिमले प्रतिष्पर्धा गर्ने निश्चित भएको छ । १५ वैशाखसम्म हुने प्रतियोगितामा नेपालका ए डिभिजन क्लबका तीनवटा बिभागीय टिमहरु त्रिभुवन आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको (एपीएफ) क्लब तथा संकटा, थ्रीस्टार, मनाङ–मरस्याङ्दी क्लबले प्रतिष्पर्धा गर्नेछ ।
यस्तै मोफसलमा तहल्का मच्चाउँदै आएको तथा ए डिभिजन लिग समेत खेलिसकेको झापा ११ सहित पोखरा ११ र आयोजक माइभ्याली फूटबल क्लबले प्रतिष्पर्धा गर्नेछ । यस्तै भारत कोलकत्ताको दुर्गा स्टिल एफसी र सिक्किमको सिक्किम युनाइटेड एफसी तथा बंगलादेशको एक टिमले सहभागिता जनाउने आयोजक माइभ्याली फूटबल क्लबका अध्यक्ष धिरेन चेम्जोङले जानकारी दिए ।
यस संस्करणदेखि प्रतियोगिताको पुरस्कार राशि समेत बढाइएको छ । यस संस्कणको विजेताले नगद पाँच लाख र उपबिजेताले तीन लाख रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् । अघिल्लो संस्करणको विजेताले नगद चार लाखरुपैयाँ र उपविजेताले नगद दुई लाख ५० हजार रुपैयाँ प्राप्त गरेका थिए ।
यस संस्करणदेखि प्रतियोगिताको पुरस्कार राशि समेत बढाइएको छ । यस संस्कणको विजेताले नगद पाँच लाख र उपबिजेताले तीन लाख रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् । अघिल्लो संस्करणको विजेताले नगद चार लाखरुपैयाँ र उपविजेताले नगद दुई लाख ५० हजार रुपैयाँ प्राप्त गरेका थिए ।
प्रतियोगता सम्पन्न गर्न ५६ लाख ६० हजार रुपैंयाँ खर्च लाग्ने अनुमान आयोजकले गरेको क्लबका सचिव दिनेश काफ्लेले बताए । प्रतियोगिता सम्पन्न गर्न दर्शक, स्थानीय उद्यमी व्यवसायी, वैदेशिक रोजगारमा रहेका फुटबल फ्यान, प्रतियोगिताका स्पेशल दाताको सहयोग र टिकट बिक्रीलाई श्रोतका रुपमा लिईएको छ ।
२०७१ सालदेखि सुरु गरिएको माईभ्याली गोल्डकप प्रतियोगिता पूर्वी पहाडी जिल्लाको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता हो ।