नेपालको प्रबन्ध र संविधानलाई कम नआँक्न प्रधानमन्त्री ओलीको चेतावनी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले यूरोपीयन यूनियनका नाममा नेपालको सामाजिक प्रवबन्ध, संवैधानिक व्यवस्था र उपलब्धीहरुलाई कम नआक्न चेतावनी दिएका छन् ।

राष्टिकय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले प्रतिनिधिसभा तथा प्रदेसभा सदस्यको निर्वाचन पर्यवेक्षणको मूल प्रतिवेदन लोकार्पण गर्दै आज प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले इयूले निर्वाचनको पर्यवेक्षणका क्रममा तयार पारेको प्रतिवेदन तत्काल सच्याउन आग्रह गरेका छन् । ‘इयूका नाममा आएको प्रतिवेदन सच्याउन सरकारले आग्रह गरेको तर उसले झन जिद्धी गरे जस्तो छ’ प्रधानमन्त्री ओलीले भने, ‘म फेरी आग्रह गर्न चाहन्छु, यो प्रतिवेदनमा पुनर्बिचार गर्नुहोस् ।’

प्रतिवेदनले नेपाललाई हेप्ने काम गरेको भन्दै प्रधानमन्त्री ओलीले पर्यवेक्षणका नाममा आएका केही ‘धर्म प्रचारक’ पर्यवेक्षकलाई नेपालले फिर्ता पाठएको प्रतिशोध पर्यवेक्षण प्रतिवेदनमा साँध्नु उपयुक्त नहुने बताए ।

नेपालको लोकतन्त्रप्रतिको निष्ठामा कसैले आशंका नगर्न प्रधानमन्त्री ओलीले सम्झाउनु भएको छ । ‘लोकतन्त्रप्रतिको हाम्रो निष्ठा अरुभन्दा कम छैन’ प्रधानमन्त्री ओलीले भने, ‘हामीलाई लोकतन्त्र र समावेशीताको पाठ सिकाउनेहरुले नेपालमा भन्दा १÷२ प्रतिशत कम भए पनि नीति निर्माण तहमा महिलाको संख्या देखाउन सक्क्छन् ?’

प्रधानमन्त्री ओलीले गरिब छन् भनेर नेपालीलाई हेप्न र जे गरे पनि हुन्छ मानसिकता त्याग्न अन्तराष्ट्रिय समुदायलाई आग्रह गरेका छन् । ‘नेपालमा मतदाता सचेत छन् । ८० प्रतिशत मतदाताले लोकतन्त्रप्रतिको निष्ठा देखांउदै मतदान गरे’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘केही मत बदर भयो । तर मतदानमा सहभागी हुनु भनेको आम जनताले लोकतन्त्रप्रति गरेको सम्मान हो ।’

निर्वाचन आयोगलाई शसक्तिकरण गर्न आवश्यक भएको प्रधानमन्त्री ओलीको भनाइ छ । आयोगको विश्वशनीयता बढाउन निष्पक्ष भूमिकामा पनि जोड दिनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘कसैको दबाबमा परेर आयोगले निर्वाचनको दौरानमा केही नाजायज काम ग¥यो’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘यस्ता काम भविष्यमा दोहोरिनु हुँदैन ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार