आफ्नो घर आफैंले भत्काएर राजमार्ग विस्तारमा सहयोग

सुजता सुनुवार

इलाम : इलाम सुर्योदय नगरपालिकाका स्थानीयले आफ्नो घर आफैले भत्काएर मेचीराजमार्ग विस्तारमा सहयोग पु¥याएका छन् । जिल्लाको सूर्योदय नगरपालिकास्थित कन्याम र हर्कटेमा पर्ने ८ वटा घर स्थानीय आफैले भत्काएर राजमार्ग विस्तारमा सहयोग पु¥याएका संघर्ष समितिका संयोजक शिवकुमार राईले बताए ।

यी ८ घरमध्ये हर्कटेकी सीता गुरुङ्गको भने एउटै मात्र घर, त्यो पनि भत्काउनु पर्ने भएकाले पूर्ण रुपमा विस्थापन हुने देखिएको छ । योसँगै श्रीमानको मृत्यु पश्चात साना साना नानीसँग बस्दै आएकी गुरुङ्गको घरलाई के गर्ने भन्ने अन्यौलता थपिएको छ । गुरुङ्गको घरलाई भने नगरपालिकाको बैठक बसी थप सल्लाह गरेर के गर्ने भन्ने निणर्य गरेर मात्र अघि बढ्ने नगरपालिका प्रमुख रणबहादुर राईले बताए ।

गत माघमा सुर्योदय नगरपालिकाको सडक विस्तार गर्ने निर्णय विवादमा परेको थियो । सडक विस्तार गरे नगरबासी ‘सुकुम्बासी’ बन्ने भन्दै नगरपालिकाका स्थानीय बासिन्दा आक्रोशित भएका थिए ।

तर अहिले बाटो विस्तार १५ मिटरको नभई साडे सात मिटर मात्र विस्तार गर्ने भन्ने सहमती गरेको बताइएको छ । यसरी संघर्ष समिति र नगरपालिकाले आपसी सम्झौता गरी बाटो विस्तार गर्न थालेपछि भने आफ्नो घर आफैले भत्काएर नगरबासीले सहयोग पु¥याएका जनाइएको छ ।

२०७१ साल भदौमा गरिएको सर्वेक्षण अनुसार झापा–इलामको सिमाना जोरकलशदेखी माईखोलासम्म १५ मिटर कायम गर्दा आठ सय भन्दा बढी घर परिवार विस्थापित हुने खतरा रहेको थियो ।

१५ मिटर सडक विस्तार गर्दा भने, घरपरिवार विस्थापित हुने साथै पर्यटकिय क्षेत्र कन्यामको आधा जमिन नै सडकले लिने भएको थियो । यसरी खतरा बढेर जाने देखिएकाले १५ मिटरको साटो साडे सात मिटर मात्र विस्तार गर्ने सहमतीमा सबै मञ्जुर भएको नगरपालिकाले जानकारी दिएको छ ।

सहमतिपछि नगरपालिकाले गत शुक्रबारबाट नगरपालिका क्षेत्र भित्र पर्ने राजमार्गको क्षेत्र दुवै तर्फ साढे सात मिटर कायम गरी सडक विस्तारको काम सुरु गरेको छ । नगरपालिका प्रमुख राई समेत सक्रिय भई खटिएर कामलाई तिव्र गतीमा अघि बढाइदै लगेको प्रमुख राईले बताए ।

उनका अनुसार अहिले ८ वटा स्काभेटर भाडामा लिएर नगरपालिकाले काम गरिरहेको छ । एक हप्ता भित्रमा सडक विस्तारको काम सम्पन्न गरीसक्ने बताइएको छ । सडक विस्तार र व्यवस्थित पर्यकिय क्षेत्र बनाउन नगरपालिकाले चालु आर्थिक वर्ष २०७४/०७५ मा ५० लाख बजेट विनियोजन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार