‘हाम्रो जमुना हाम्रो सान, भाषा संस्कृति सद्भाव र पर्यटन हाम्रो पहिचान’
रामनवमीमा ढाप पोखरी जाउँ, आन्तरिक पर्यटन प्रर्वधनमा सहयोग पुर्याउ
ढपापोखरी महोत्सव २०७४ चैत्र र १० र ११ गते
जिल्लाकै नयाँ पर्यटकीय गन्तव्यकोरुपमा विकास भइरहेको सन्दकपुर ५ जमुना स्थित ढाप पोखरीमा बृहत सांस्कृतिक महोत्सवको आयोजना गरिएकाले विविध जातिय संस्कृतिसहित राष्ट्रिय तथा स्थानीय कलाकारहरुसँग रमाइलो साट्दै डुङ्गा सयर गर्न र ढापपोखरी, हाँगेथाम, चोयाटार, जौवारीलगायत रमणीय स्थलको घुमघामसँगै रेडपाण्डा हेर्ने सुनौलो अबसर नछुटाउँ ।
कार्यक्रमका आर्कषणहरु
सन्दकपुर गाउँपालिकामा बसोबास गर्ने विभिन्न जातजातिका झाँकी प्रर्दशनी ।
बृहद सांस्कृतिक कार्यक्रम
कलाकारहरु : कुवेर राई, गणेश पराजुली, यशोदा पराजुली, इन्द्र गुरुङ, कोमल निरौला, देवि गौतम, रगुन गुरुङ, पुजन प्रधान, भुपेन्द्र राई, राजेश चाम्लिङ, प्रकाश वस्नेत, महेन्द्र लिङदम, रमेश बोखिम, बृज प्रधान, कृष्ण भट्टराई, युगल क्षेत्री
टंकमणि भट्टराई, सपनी राई र सविता पाण्डेको जोशिलो उद्घोषणमा स्थानीय कलाकारसहित विभिन्न हास्य कलाकारको बेजोड प्रस्तुती । साथमा युनिक डान्स सेन्टरको कौडा, मारुनी, संगिनीलगायत मोर्डन नृत्र्य सहित युनिभर्सल डान्स सेन्टरका कलाकार रोमित कर्माचार्य र सरीना अधिकारीको साल्सा र कन्टेम्पोरी नृत्य ।
सहयोग
सन्दकपुर गाउँपालिका
आयोजक
चन्द्रपाल थेवे ढाप सिमसार संरक्षण तथा पर्यटन विकास समिति, सन्दकपुर ५ जमुना इलाम ।
















































