आरक्षण र संरक्षण भन्दा क्षमता र प्रतिष्पर्धामा विश्वास गर्नुहोस : प्रम ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाहरुलाई आरक्षण र संरक्षणमा भन्दा क्षमता र प्रतिष्पर्धामा विश्वास गर्न आग्रह गरेका छन् ।

राष्ट्रिय महिला उद्यमी महासंघले ललितपुरको सानेपामा आयोजना गरेको तेस्रो अन्तराष्ट्रिय महिला उद्यमी व्यापार मेला २०७४ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘आरक्षंण केही समयलाई हो । पछिलाई काम लाग्दैन ।’ अखिल नेपाल महिला संघको अगुवाइमा दशक अघि सुरु भएको ३३ प्रतिशत आरक्षणको उपलब्धी अहिले ४१ प्रतिशतमा पुगेको प्रधानमन्त्री ओलीले बताए ।

‘महिलाहरुले सुरुमा ३३ प्रतिशत आरक्षण माग्नु भएको थियो’ प्रधानमन्त्री ओलीले भने, ‘स्थानीय तहदेखि संघीय संसदसम्म हेर्ने हो भने अहिले महिलाको प्रतिनिधित्व ४१ प्रतिशत पुगेको छ । यसलाई हामी छिट्टै ५० प्रतिशत पु¥याउदैछौं ।’

महिलाहरुको आर्थिक सवलीकरण नभएसम्म प्रतिष्पर्धी क्षमता बिस्तारमा केही कठिनाइ हुने भएकोले त्यसतर्फ पनिध्यान दिनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार