बहुधार्मिक संग्रहालय स्थापना गर्न महायज्ञ सञ्‍चालन हुने

सुजता सुनुवार 

इलाम : इलाममा बहुधार्मिक संग्राहालय स्थापना गर्न सप्ताहव्यापी अग्नी पुराण महायज्ञ सञ्चालन हुने भएको छ । जिल्लाको इलाम नगरपालिका वडा नम्बर ६ स्थित सिङफ्रिङमा बहुधार्मिक संग्राहालय स्थापना गर्न आगामी चैत १६ गतेदेखि सप्ताहव्यापी अग्नी पुराण महायज्ञ सञ्चालन हुने भएको हो ।

महायज्ञबाट सङ्कलन भएको रकमले संग्राहालय स्थापना गर्ने आयोजक संस्था श्री अठार पूराण आयोजक मूल समितिका सचिव रविन रायमाझीले बताए ।

सिंह सिद्धदेवी तथा देवी पाञ्चायन व्यवस्थापन समिति इलामले प्रत्येक वर्ष विभिन्न पूराण लगाउदै आएको छ । यस वर्षको पन्ध्रौं पूराण भने नगरपालिकाको वडा नं. ६ मा गरिने भएको उनले जानकारी दिए ।

आयोजक संस्थाका अध्यक्ष सन्दिप बुढाथोकीले भने इलाममा बहुधार्मिक संग्राहालय स्थापना भए यो नेपालकै पहिलो बहुधार्मिक संग्राहालय हुने दावी गरे । उनले भने, ‘नेपालमा धार्मिक संग्राहालय त छन्, तर बहुधार्मिक संग्राहालय भने छैनन् ।’

संग्राहालय निर्माणका लागि गत वर्ष नै स्थानिय समाजसेवी दुर्गा, मनोज र दिपेन्द्र बुढाथोकीले निःशुल्क जग्गा उपलब्ध गराइसकेका छन् ।

संग्राहालयमा हिन्दु, बौद्ध, किराँत, इसाई, जैन, मुस्लिम लगायत सनातन सम्पूर्ण धर्मका पुस्तकहरु, बाजागाजा, पहिरनहरु, लगायत धार्मिक वस्तुहरु राखिने योजना गरिएको आयोजक संस्थाको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार