आमचोकमा उद्यमशीलता विकास तालिम सुरू

नयाँ बुलन्द

आमचोक : इलामको फाकफोकथुम गाउँपालिका–३ आमचोकमा मङ्गलवारदेखि १० दिने उद्यमशीलता विकास तालिम सुरू भएको छ ।

घरेलु तथा साना उद्योग विकास समिति इलामको आयोजना तथा फाकफोकथुम गाउँपालिकाको सहयोगमा स्थानीयस्तरमा रहेका उद्यमीहरूलाई तालिम दिन थालिएको हो ।

तालिममा नेपाली कागज उद्योग, डेरी उद्योग, ढाका उद्योग, होटल व्यवसायमा आवद्ध २६ जनाको सहभागिता रहेको छ । उद्योगलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने बारेमा घरेलुले तालिम दिएको हो ।

तालिमलाई घरेलु तथा साना उद्योग विकास समितिका उद्यम विकास सहजकर्ता निरोज राई र लोकेश अधिकारीले सहजीकरण गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार