विजयपुर दरबार अतिक्रमण नगर्न किरात राई विद्यार्थी संघको चेतावनी

काठमाडौं : किरात राई विद्यार्थी संघले धरान उपमहानगरपालिकाले किरातीहरुको ऐतिहासिक स्थल विजयपुर दरबार क्षेत्रमा विकासको नाममा डोजर चलाउन थालेकोप्रति गम्भीर ध्यानाकर्षण गरेको छ ।

संघकी अध्यक्ष बिर्सिका राईले खानेपानीको ट्यांकी बनाउने नाममा किरातीहरुको ऐतिहासिक स्थलमाथि डोजर चलाउन थालिएको कार्यप्रति भत्र्सना गरेकी हुन् ।
धरान उपमहानगरपालिकाले एडीबीको ऋण सहयोगमा दरबार परिसरमै खानेपानीको ट्यांकी बनाउने कार्य अघि बढाउने प्रयास गरेको छ । उपमहानगरपालिकाका मेयर किरात लिम्बू समुदायका (तारा लिम्बू) छन् । तर उनी नेकपा एमालेबाट निर्वाचित भएका हुन् ।

धरानका मेयर तारा सुब्बाले किराती राजा बुद्धिकर्ण रायको दरबार क्षेत्रमा डोजर चलाउने कार्य अघि बढाएपछि किरातजन्य संस्थाका प्रतिनिधिहरुले कडा विरोध गर्दै आएको छ । संघीय समाजवादी फोरम नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राष्ट्रिय जनमुक्ति पार्टीका प्रतिनिधिहरुले पनि उपमहानगरपालिकाको कार्यविरुद्ध संगठित रुपमा संघर्ष गरिरहेका छन् ।
संघकी अध्यक्ष राईले ट्यांकी निर्माणको विकल्प खोज्न सकिने बताएकी छन् ।
ऐतिहासिक पुरातात्विक सम्पदाको विनाश गरेर गरिने विकासको अर्थ नरहने भएकाले खानेपानीको ट्यांकी अन्त कतै सार्न सकिने बताएकी छन् ।

‘खानेपानीको ट्यांकी अन्त कतै सारेर बनाउन मिल्छ तर ऐतिहासिक दरबार सार्न मिल्दैन,’ राईले उल्लेख गरेकी छन्, ‘किरातीहरुले विरोध जनाउदा जनाउदै जबरजस्ती डोजर चलाइन्छ भने किरात राई विद्यार्थी संघ कडा प्रतिरोधमा उत्रिन बाध्य हुनेछ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार