नयाँ बुलन्द
जीतपुर : इलामको देउमाई नगपालिका ८ र ९ वडा जीतपुर विगत दुई सातादेखि अन्धकारमय भएको छ ।
ट्रान्सफर्मर विग्रेपछि १५ दिनदेखि विद्युत आपुर्तीमा अवरोध भएको स्थानीय विमल अधिकारीले जानकारी दिए । ट्रान्सर्फमर बिग्रीएपछी दुवै वडाका करिब दुई सय घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् ।
नजिकिदै गरेको माध्यमिक शिक्षा परिक्षा (एसईई) विभिन्न विद्यालयका आन्तरिक परिक्षाका बेलामा विद्युतको आपुर्ती बन्द भएपछि विद्यार्थीहरु मारमा परेका छन् ।
प्रश्नपत्र बनाउने र परिक्षा संचालन गर्ने समयमा विद्युत नहुँदा परिक्षा नै सार्नु पर्ने बाध्यता रहेको कुरा स्थानीय शिक्षकहरु बताउन थालेका छन् । विभिन्न कार्जे तथा मोबाईल चार्ज गर्न समेत समस्य रहेको स्थानीयको गुनासो रहेको छ । स्थानीय नितहका प्रतिनिधिहरुले चाडै ट्रान्सर्फमर आउने बताएपनि तेस्ता ‘चाडै’ धेरै ओटा बितिसकेको स्थानीय बताउँछन् ।
ट्रान्सर्फमर आउने प्रकृयामा रहेको र त्यसका लागि पहल भैरहेको देउमाइ नगरपालिका ९ का वडा अध्यक्षले बताए ।