नयाँ बुलन्द
झापा : लिम्बु विद्यार्थी मञ्चले पीएचडी संकल्प अभियान मङगलबारदेखि सुरु गरेको छ ।
मोरङको पथरी बहुमुखी क्याम्पस पथरी शनिश्चरे र झापाको दमक बहुमुखी क्याम्पस दमकमा अभियान एकैसाथ सुरु गरिएको हो । क्याम्पसका छात्र छात्राहरुले पीएचडी सङ्कल्प अभियान लेखिएको सेतो कपडाको ब्यानरमा हस्ताक्षर गरेका छन् ।
स्नातकोत्तर तहबाट ड्रप आउटको सङ्ख्या अत्यधिक भएकोले विद्यार्थी स्वयंम आफैले पीएचडी अध्ययन गर्ने सङ्कल्प सहित स्नातक, स्नातकोत्तर तहका बिद्यार्थीले हस्ताक्षर गरेको मन्चका अध्यक्ष फिपराज बेघाले जनाएका छन् ।
मञ्चले २३ वटा उद्देश्यसहित लिम्बू विद्यार्थी (लिवि) अभियान गत साउन २२ गतेदेखि जारी छ । लिवि अभियान अन्तरगत पीएचडी सङ्कल्प अभियान प्रारम्भ गरिएको हो ।
लिम्बुवानको मोरङ, झापा, सुनसरी, धनकुटा, तेह्रथुम, सङ्खुवासभा, पान्थर, ताप्लेजुङ, इलाम र उपत्यकालगायतका स्थान रहेको आङ्गिक तथा पब्लिक क्याम्पसहरुमा सङ्कल्प अभियान गरिने मन्चका सचिब योबाहाङ तुम्बाहाङ्फे बताएका छ्न् ।