सम्माननीय राष्ट्रियसभा अध्यक्षलाई गृह जिल्लामा भव्य स्वागत

पर्वत : संघीय संसदको उपल्लो सदन राष्ट्रियसभा अध्यक्ष पदमा निर्वाचित भएपछि पहिलो पटक गृह जिल्ला पर्वत पुगेका सम्माननीय अध्यक्ष गणेश तिमिल्सीनालाई जन्मगाउँदेखि सदरमुकाम कुस्माबजारसम्म भब्य स्वागत भएको छ ।

जिल्लाको राजनीतिक इतिहासमा पहिलो पटक सबैभन्दा माथिल्लो राजकीय पदमा पुगेको भन्दै जिल्लाबासीले खुसीयाली साथ अध्यक्ष तिमिल्सीनालाई भब्य रुपमा स्वागत गरेका हुन् ।

उनलाई जन्मगाउँ मोदी गाउँपालिका वडा नं ७ राम्जादेउरालीमा बाजागाजासहित स्वागत गरिएको थियो भने कुस्मास्थित जिल्ला समन्वय समितिको कार्यालयमा सम्मानसमेत गरिएको थियो ।

मोदीगाउँपालिका वडा नं ७ वडा कार्यालय र स्थानीय नागरिक समाजको आयोजनामा बाजागाजा र दिपावलीसहित जन्मस्थानमा स्वागत र सम्मान गरिएको छ । राम्जादेउरालीका तत्कालिन गाविस अध्यक्षसमेत रहेका तिमिल्सिना राष्ट्रियसभाको अध्यक्ष बन्नु गाउँसबासीका लागि सबैभन्दा ठूलो उपलब्धी र खुसीको क्षण भएकाले स्वागत भएको हो ।

अध्यक्षले जन्मगाउँ सँगै मोदी गाउँपालिकाले कार्यालय र जिल्ला समन्वय समिति पर्वतले पनि कार्यालयमा भब्य स्वागत तथा सम्मान गरेका छन् । उनी तत्कालिन जिल्ला विकास समितिमा २०५४ देखि २०५९ सम्म तिमिल्सीना सभापति थिए ।

सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले आफू विकास निर्माण गर्ने जिम्बेवारीमा नपुगेपनि पर्वत जिल्ला सधै प्राथमिकतामा रहने बताए । ‘म अहिले विकास निर्माण गर्नेभन्दा कानुन निर्माण गर्ने निकायमा छु’ उने भने, ‘मैले जिल्लाको विकास निर्माणलाई कसरी सहयोग पुर्‍याउन सक्छ सधै प्रयत्नशील रहनेछु ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार