नयाँ बुलन्द
इलाम : अपांगता भएका ब्यक्तिहरुका लागि पुर्नस्थापना पहिचान र परिचयपत्र वितरण शिविर इलाममा सम्पन्न भएको छ ।
करुणा फाउण्डेशन नेपाल इलामको सहयोगमा इलाम नगरपालिका वडा नम्वर ६, ७ र ८ को संयुुक्त आयोजनामा शिविर आयोजना गरिएको हो । शिविरमा महिला तथा बालबालिका कार्यालय इलामले अपांगता परिचय पत्र वितरण समेत गरेको थियो ।
शिविरबाट अपांगता भएका ब्यक्तिहरुको अवस्था हेरेर पुनरस्थापनाका लागि थप कार्यक्रम समेत तय गरिने करुणा फाउण्डेशन इलामका सहअधिकृत सन्त विश्वकर्माले जानकारी दिए ।
करुणा फाउण्डेशन इलामले गत माघ यता जिल्लाका विभिन्न ठाउँमा शिविर सञ्चालन गरि छ सय ४८ जना अपांगता भएका ब्यक्तिहरुलाई परिचय पत्र दिलाउन पहल गरेको उनको भनाइ ।
सन् २०१४ बाट करुणा फाउण्डेशनले इलाममा अपांगता भएकाहरुका लागि कार्यक्रम गर्दै आएको छ ।
पहिलो चरणमा साविकका १२ गाविसबाट सुरु गरेको कार्यक्रम, दोश्रो चरणमा १५ गाविसमा थप गरी तेश्रो चरणमा हाल जिल्लाका सवै १० वटा स्थानीय तहमा कार्यक्रम गर्दै आएको छ ।