सिराहा : सिरहाको कल्याणपुर नगरपालिकाका लेखापाल जयराम चौधरी २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
सामान मर्मत लगायतका बिल भुक्तानी गरिदिए वापत सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट गएको टोलीले चौधरीलाई उनकै डेराबाट २० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।
पक्राउ परेका चौधरीमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता दीर्घराज मैनालीले जानकारी दिए ।

















































