कर्णाली प्रदेशलाई समृद्ध बनाउन कर्णाली कै स्रोत : प्रम ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशलाई समृद्ध बनाउन कर्णाली कै स्रोत साधन उपयोग गर्नुपर्ने बताएका छन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाही नेतत्वको टोलीसँग आइतबार भएको भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले कर्णाली प्रदेश जति विकट भए पनि सम्भावना चाँही अथाहा रहेको बताएका छन् ।

कर्णालीलाई अर्गानिक प्रदेशको रुपमा विकास गर्ने प्रदेश सरकारको निर्णयको प्रधानमन्त्री ओलीले प्रशंशा गरे । उनले वर्तमन सरकारले रासायनिक मल उत्पादन गर्ने कारखानालाई निरुत्साहित गरेर प्रांरागारिक मल उत्पादन गर्ने कारखानालाई प्रोत्साहन गरिने प्रधानमन्त्री ओलीले बताएका छन् ।

‘कर्णालीका हरेक उत्पादनलाई अर्गानिक बनाएर बजारीकरण गर्नुहोस’ प्रधानमन्त्री ओलीले भने, ‘त्यहाँका जनवारले जडिबुटी चरेका छन् । तिनीहरुबाट उत्पादन हुने वश्तुको मूल्य अन्यत्रको भन्दा महंगो हुन्छ ।’

प्रधानमन्त्री ओलीले कर्णालीको स्याउ,यार्चागुम्बा समृद्धिका स्रोत भएको बताए । ‘विकशित देशको औषधी हालेको नक्कली होइन,कणार्लीमा फलेको अर्गानिक स्याउ हो भनेर अन्तराष्टिकय बजारमा बजारिकरण गर्नुपर्छ ।’ प्रधानमन्त्री ओलीको भनाइ छ ।

कर्णालीको विकासमा केन्द्र सरकारको सकारात्मक सहयोग रहने प्रधानमन्त्री ओलीले बताए । ‘कर्णालीमा बाटो,पुल बनाउने,प्राविधिक विद्यालय खोल्ने र नयाँ सहर बसाउने जिम्मा सरकारको हो’ प्रधानमन्त्री ओलीले भने, ‘त्यस देखि बाहेकका काम तपाईंहरु लाग्नुहोस ।’

कर्णालीको समस्या अवगत गराउन मुख्य मन्त्री महेन्द्र शाही, प्रदेश प्रमुख दुर्गाकेशर खनाल, सभामुख राजबहादुर शाही लगायत मन्त्रीहरु समेत सहभागी थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार